Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको”अग्निपरीक्षा”आउदै गरेको स्थानीय तहको “निर्वाचनको परिणामले तय गर्नेछ।” सिङ्गो कार्य समितिले कति अंक पाउछ” भन्ने कुराको !!


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 14.6K
    SHARES

मैले प्राप्त गरेको मतको सम्मान गर्दै मत दिनु हुने सबैमा हार्दिक आभार.. 🙏💙🙏


काठमाडौँ / नेपाली कांग्रेसको १४औं महाधिवेशनको, मत परिणाम र प्रमाण पत्र बितरण पनि सकियो । पार्टी सभापति लगाएत सबै नेतागणहरुलाई बधाई तथा शुभकामना ! साथै “साडेको जुधाई बाछाको मिचाईमा पर्नु भएका असल सिपाईहरु प्रती गहिरो सहानुभूति प्रकट गर्दछु। निष्ठा, निरंतरता, अनुशासन र सहि बिचार हाम्रो गहना हो।” कस्तै प्रतिकुल अबस्थामा पनि समस्या को सहि समाधान र विकल्प दिन सक्ने नेता मात्र समाजमा टिक्न र बिक्न सक्छन यसलाई मन्त्र ठानी एकबद्ध भएर बढौ गन्तव्यमा अबस्य पुग्ने छौ । निराश हुन जरुरी छैन। खेप मात्र हो जनम गाको छैन।

यो प्रतिस्पर्धाबाट नयाँ पाठ भने अबस्य सिकिएको छ।चुनावको मैदानमा भएका फट्याइँ र चतुर्रयाई को चरम बिगबिगी थाहा पाउने चलाक चाहिँ हुनु पर्दो रहेछ। यो खेल बाट प्राप्त महत्त्वपूर्ण सिकाइ हो। आजको दिनमा भएका कमजोरी आउने दिनमा नदोहो‍याउने प्रण गरौं । शुद्धता, सहजता र संतुलन कायम राखौ – थप उत्साह, जागर र आत्मा बिश्वासलाई बनाई राखौं बस यतिभए पुग्छ।” सिङ्गो कार्यसमितिलाई हाम्रो आग्रह …कांग्रेस भित्र रहेका प्रत्येक सदस्यको साझा सस्थाहो कांग्रेस ।

हरेक सदस्य बराबरी हक रअधिकारको भागीदार हुन। पार्टीलाई पेवा बनाइने परम्परा अब तोडिनु पर्छ।कसैलाई लाखा कसैलाई पाखाको खेलले कांग्रेसको सुन्दर छबिमा आच नाआओस। नेपाली कांग्रेस सङ्ग नेपाल र नेपालीको स्वर्णिम भबिस्य जोडिएको छ। लोकतान्त्रिक पार्टी हुनुको मुल मर्म, संबिधानको अक्षरस पालना र आर्थिक समृद्धि प्रमुख विषय हुन। यी र यस्ता प्रमुख विषय को सम्बोधन बिना कांग्रेस – कांग्रेस नरहन सक्छ।

चुनाव जित्नु मात्र सफलता होइन काम कर्तव्य र अधिकार को अनुभुती जनताले पाउनु पर्छ। कांग्रेस भित्र रहेका अपार जनशक्ति को भावनालाई एककृत गर्ने सामर्थ्य यो सिङ्गो कार्य समिति सङ्ग छ या छैन भन्ने अग्नि परिक्षा आउदै गरेको स्थानीय निर्वाचनको परिणामले छर्लङ्ग देखाउने छ। यस तर्फ सिङ्गो कांग्रेसको ध्यान जान आजकै दिन बाट अपरिहार्य छ। फुटेर होइन जुटेर अगि बढौ। जय नेपाल !

यहाँले गर्नु भएको विश्वास र भरोसालाई इमान्दारीपूर्वक निभाउने संकल्प गर्दछु । मेरो प्रतिबद्धता र संघर्श लोकतन्त्रमा मात्र देशको सर्वाङ्गीण विकास सम्भव छ भन्ने मूल मन्त्र मेरो मनमस्तिष्कमा जब आयो तबदेखि सारा महत्वपूर्ण समय संगठनलाई दिई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो संगठनको विस्तार सुदृढिकरण र विकासमा निरन्तरता दिँदै २०४६ सालको जन आन्दोलन र २०६२÷०६३ को तेस्रो जनआन्दोलजनमा जेल नेल सहित महत्वपूर्ण भूमिका निभाउँदै आजसम्म आइपूग्दा निम्न पदहरुमा रही काम गरेको छु ।

  • हामीले कल्पना गरेको कांग्रेस

लोकतान्त्रिक पद्धति, विधि र विधानले चल्ने स्वार्थरहित, निष्ठावान् युवासहितको काँग्रेस असल आचरण कुशल नेतृत्व र भ्रष्टचाररहित काँग्रेस सत्य समानता र यथार्थमा आधारित अनि स्वतन्त्रता न्यायप्रति प्रतिवद्ध काँग्रेस समावेशी संस्कार, समुन्नत र यथार्थमा आधारित अनि स्वतन्त्रता न्यायप्रति प्रतिवद्ध काँग्रेस समावेशी संस्कार, समुन्नत नेपाल एवं समृद्ध नेपालीको स्वर्णीम भविष्य तर्फ अग्रसर काँग्रेस लोकतान्त्रिक संविधानको रक्षा र राजनैतिक स्थिरताको लागि लड्ने काँग्रेस ‘सत्तामा आसिन अधिकार सम्पन्न मानिस अहिले जे छ त्यसैलाई साश्वत ठान्दत, ठिकै छ प्राप्तिलाई साश्वत ठान्नु कुनै आपत्ति छैन । तर धेरै जसो प्राप्तीलाई जोगाउने खेलमा नराम्ररी भासिन्छन् । जसको ‘प्रतिफल सिंगो संस्था अथवा सम्पूर्ण देशले भोग्नुपर्ने हुन्छ ।

  • हामी संकल्प गरौं

गलत प्रवृत्ति निस्तेज गर्दै नयाँ संस्कार र आवृत्तिको निर्माण गरौं । पार्टीलाई स्वार्थ सिद्धिका लागि भ¥याङ बन्नबाट रोकौं । गुट र उपगुटको खेल र कार्यकर्तालाई नेताको पेवा बन्नबाट रोकौं । संस्थागत निर्णयको परिपाटी बसाल्दै भावी पिँढीको लागि मार्ग प्रशस्त गरौं । नेपाली काँग्रेस र राजनीति प्रति आस्था र विश्वनस जगाउँ । सुन्दर नेपाल र समृद्ध नेपालीको तयारी हाम्रै हातबाट गरौं । यो शुभ कार्यको शुभारम्भ यही पुस्ताबाट जति सक्दो चाँडो हुनु पर्दछ ।

  • सांगठनिक यात्रा र संघर्ष

२०४७ – कोषाध्यक्ष, ने.वि.संघ सिन्धुली क्याम्पस ईकाइ २०४७–२०५१ – सदस्य, ने.वि.संघ सिन्धुली जिल्ला कर्यासमिति २०४८–२०५१ – सदस्य, नेपाल महिला संघ जिल्ला कार्य समिति २०४८ – सदस्य, नेपाली काँग्रेस सिन्धुली जिल्ला क्षेत्रीय समिित क्षेत्र नं. २ २०४९–२०५१ – सदस्य, नेपाली काँग्रेस सिन्धुली जिल्ला कार्यसमिति २०५१ – सह–सचिव, ने.वि.संघ जनकपुर काठमाडौं सम्पर्क समिति २०५३ – सह–सचिव, ने.वि.संघ स्ववियु पद्मकन्या कलेज २०५५ – उप–सभापति, नेवि.संघ स्ववियु पद्मकन्या कलेज २०५६–२०५९ – सदस्य, ने.वि.संघ केन्द्रीय कार्यसमिति (निर्वाचित) २०५८ – छात्रा विभाग प्रमुख, ने.वि.संघ केन्द्रीय कार्य समिति २०५९–२०६१ – सदस्य, ने.वि.संघ केन्द्रीय कर्यसमिति (निर्वाचित) २०६१–०६२ – उपाध्यक्ष, ने.वि.संघ

केन्द्रीय कार्य समिति २०४८ – सालदेखि हालसम्म क्रियाशील सदस्य, नेपाली काँग्रेस २०७० – समानुपातिक उम्मेदवार संविधानसभा निर्वाचन २०४९ – कोषाध्यक्ष प्रजातन्त्र सेनानी संघ २०६९ – केन्द्रीय सदस्य नेपाल महिला संघ महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २ प्रदेश सान्सद- (बागमती प्रदेश) मेरो अपिल र विश्वास “आफ्नो विचार समय अनुकुल राख्ने र संकटका बेला निकासको विकल्प दिन सक्ने राजनीतिज्ञ मात्र समाजमा टिक्न सक्नछन्” यस्तै सन्तुलित र प्रभावशाली नेतृत्व अनि कर्मशील सिंगो कार्यसमिति आजको समVय र पुस्ताको माग हो । हाम्रो १४ औं महाधिवेशनले पार्टी भित्र भएका मूल्यावान् शक्तिहरुको अपार भावनालाई एकीकृत गर्दै नैतिकवान् समूहको विवेकपूर्ण ढङ्गले चयन गरौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४