Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय राजधानी नयाँ दिल्लीमा आजदेखि रात्रीकालिन कर्फ्यू


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 2.3K
    SHARES

ठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यू लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लगाउने घोषणा गरेको हो ।

आइतबार दिल्लीमा २९० जना नयाँ संक्रमित फेला परेको र एक जनाको मृत्यु भएपछि सरकारले रात्रीकालीन कर्फ्यू लगाउने निर्णय गरेको हो ।

त्यसको अघिल्लो दिन दिल्लीमा संक्रमितको संख्या २४९ जना थियो । संक्रमण दर निरन्तर बढ्दै गएकाले पूर्व सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ । कोभिड १९ सम्बन्धि नीतिहरु तय गर्ने दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले यस अघि नै सरकारलाई पूर्व सतर्कताका लागि निर्देशन दिईसकेको थियो भने नयाँ वर्षमा कुनै पनि भीडभाड हुदैन भन्ने निश्चित गर्न पनि भनेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण विस्तार भईरहेको बेला हिजो मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आफैं सचेत हुनु र अनुशासनमा बस्नु नै कोरोना विरुद्धको लडाइको सवैभन्दा ठूलो हतियार हुने बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४