Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा माओवादी केन्द्र पहिलोबाट तेस्रो पार्टी, ११ पटक सत्तामा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 5.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा पुष्पकमल दाहाललाई चुनौती दिने कोही नदेखिएकाले उहाँ पुनः अध्यक्ष बन्ने पक्का नै छ । अरु पदहरुमा पनि सहमतिकै आधारमा नेतृत्व चयन हुने माओवादीका एक नेताले इमेजखबरलाई बताए ।

२०५२ साल माघ २२ गते त्यतिबेला प्रधानमन्त्री रहनु भएका हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन संयुक्त जनमोर्चाका तर्फबाट डा. बाबुराम भट्टराईले ‘जनयुद्ध’ को चेतावनी सहित ४० बुँदे मागपत्र बुझाउँनु भएको थियो । त्यसमा १५ दिनभित्र माग पूरा गर्नुपर्ने उल्लेख थियो । तर माग पूरा नभएपछि २०५२ फागुन १ गतेबाट देशका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर माओवादीले जनयुद्ध शुरु गरेको थियो । माओवादीले १० वर्ष ९ महिना सम्म सरकार विरुद्ध संघर्ष गर्यो ।

१० वर्ष ९ महिनाको संघर्ष पछि २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता पछि माओवादी शान्तिपूर्ण राजनीतिमा संलग्न छ । १० वर्ष ९ महिनाकोबीचमा सरकारी पक्ष र माओवादी दुबैबाट गरेर झण्डै १७ हजार नेपाली नागरिकले द्वन्द्वको चपेटामा ज्यान गुमाए । कति अङग भङग भए । जनयुद्धपछि माओवादी शान्ति संझौतामार्फत शान्तिपूर्ण राजनीतिमा आएको १५ वर्ष वितेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछिको १५ वर्षको अवधिमा माओवादी ११ पटक सरकारमा गएको छ ।

११ वर्षमा कहिले माओवादी आफैले सरकारको नेतृत्व गर्यो भने कहिले एमाले र कांग्रेसको नेतृत्वमा सरकारमा गयो । अहिले पनि माओवादी देउवाको नेतृत्वको सरकारमा सामेल छ । त्यतिबेला देउवालाई चेतावनी दिएर जनयुद्ध शुरु गरेको माओवादीले आफ्नो ८ औं महाधिवेशन गरिरहँदा प्रधानमन्त्री समेत रहनुभएका देउवालाई अतिथिको रुपमा सहभागी हुनुभयो ।शान्ति प्रक्रियामा आएर पहिलो संविधान सभामा पहिलो पार्टी बनेको माओवादी अहिले भने संसदमा तेस्रो पार्टीको रुपमा खुम्चिएको छ । माओवादीले जनजीविकाका लागि उठाएका कैयौं मुद्धाहरु अझै पनि पूरा हुन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४