Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा, इन्जुरी टाइममा सुनिलले गरे गोल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 8.9K
    SHARES

काठमाडौं । सुनिल बलले इन्जुरी टाइममा गाेल गरेपछि साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार शीर्ष स्थानकाे मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेकाे छ । खेलको इन्जुरी समयमा सुनिलले फ्रिकिकमार्फत उत्कृष्ट गाेल गरेपछि मछिन्द्रले विजयी भएको हो । जितपछि मछिन्द्र मनाङलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकाे छ । साथै मछिन्द्रले साताैं चरणपछि एएफसी कप छनाेटमा पुग्ने सम्भावना कायम राखेकाे छ ।

जितपछि मछिन्द्र ६ खेलबाट १४ अंक जाेडेर शीर्ष स्थानमा उक्लिएकाे छ । यस सिजन पहिलाे हार व्यहोरेकव मनाङ ६ खेलबाट १३ अंकसहित दाेस्राे स्थानमा छ । मनाङका ओलावाले आफिज प्रतिबन्धमा परेपछि मछिन्द्र विरुद्ध खेल्न पाएनन् । विमल राना र दीपक राई पहिलाे राेजाइमा खेलेका थिए ।

उता मछिन्द्रका कप्तान सुजल पहिलाे राेजाइमा फर्किँदा फरवार्ड विमल राना मगरले पनि पहिलाे राेजाइमै खेले । अघिल्लाे खेलमा पूर्ण फिट नरहेका डिफेण्डर रन्जित धिमालले मनाङ विरुद्ध १८ मिनेट मात्र खेले । खेलकाे पहिलाे १० मिनेट मनाङले मछिन्द्र माथि पूरै दबाब बनाएकाे थियाे । त्यसपछि पनि मनाङले खेलमा पकड कायम राख्याे । मछिन्द्र भने काउन्टरमा गाेल गर्ने रणनीतिमा देखिन्थ्याे ।

पहिलाे हाफमा दुवै टाेलीले गाेलकाे अवसर बनाउन सकेनन् । खेलमा मछिन्द्रले ३९ औं मिनेटमा राम्रो बनाएकाे थियाे । सुनिल बलकाे क्रसमा मनाङका प्रवेश कुँवर र दिनेश राजवंशी बिट भइसकेकाे अवस्थामा नुर्लान नाेभ्रुजाेभले पेनाल्टी बक्स भित्रबाट दाेस्राे बार च्याप्द‌ हानेकाे प्रहार थाेरैले मात्र बाहिर जाँदा मछिन्द्रले अग्रता लिने अवसर गुमायाे ।

पहिलाे हाफमा मनाङका कप्तान अञ्जन विष्ट र एडेलाजा साेमिडेकाे प्रहार फ्रेममा पर्न सकेन । दाेस्राे हाफमा भने मछिन्द्रले सुधारिएकाे प्रदर्शन गर्दै मनाङमाथि दबाब बनाएकाे थियाे । मछिन्द्रका सुनिल बलले ६४ औं मिनेटमा हानेकाे पावरफुल सट मनाङका गाेलकिपर विशाल सुनारले बचाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४