Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् कांग्रेसमा वरियता तोकिएका २० जना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 8.4K
    SHARES

नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ। शनिबार सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन्।

विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार दिइएको छ। वरियतामा देउवा पहिलो नम्बरमा छन्। त्यसपछाडिको वरियतामा पदाधिकारीहरू उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्।

त्यसपछि पहिलेका पदाधिकारी अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिलबहादुर थापापछाडि मात्रै कोइरालालाई राखिएको छ।

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको वरियता दोस्रो र तेस्रो भनिए पनि खुलाइएको छैन।

 १३औं महाधिवेशनपछि पौडेल दोस्रो वरियतामै थिए। १४औं महाधिवेशनमा उनी मतदान नगरी बसेका थिए। सिटौला भने महाधिवेशनमा देउवासँग मिलेका थिए। पौडेल र सिटौलालाई केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी छ। उनीहरू मनोनित भएर वरियता तोकिँदा कोइराला अझै तल पर्न सक्ने सानेपा स्रोत बताउँछ।

देउवासँग कोइराला सभापतिमा पराजित भएका थिए। सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वत: केन्द्रीय सदस्य हुने प्रावधान छ।

 वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठकमा गएनन्। वरियतामा असन्तुष्ट रहेका कोइरालाले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

१३औं महाधिवेशनमा कोइराला वरियतामा ३५ नम्बरमा थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४