Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वागमतीका मुख्यमन्त्री भन्छन् : गठबन्धन जोगाउन मन्त्रिपरिषद् विस्तार गरियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । मन्त्रिमण्डल विस्तार गरेर १८ सदस्यीय बनाएका वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तारको औचित्य पुष्टि हुनेगरी एक डेढ महिनामा नै काम गरेर देखाउने बताएका छन् । शुक्रबार मात्रै प्रदेशमा ६ जना मन्त्री थपेका पाण्डेले जन न्युज नेपाल खबरलाई प्रतिक्रिया दिंदै यस्तो बताएका हुन् ।

‘अहिले हेर्दा मन्त्रालयको संख्या धेरै भएजस्तो लाग्न सक्छ,’ पाण्डेले भने, ‘म तपाईंलाई एक डेढ महिनाभित्र मन्त्रालय बढाएको पुष्टि हुनेगरी काम गरेर देखाउँछु ।’

उनले संविधान अनुसार वागमती प्रदेशमा २२ जनासम्म मन्त्रीहरु बनाउन सकिने भएता पनि अब मन्त्रीपरिषद् विस्तार नहुने पनि बताए ।

‘अब अरु मन्त्रालय बढ्दैनन । संविधानअनुसार २२ वटासम्म मन्त्रालय बनाउन पाइन्छ तर यो अन्तिम हो,’ पाण्डेले भने, ‘यसपाली हामीले समावेशी ढंगले मन्त्रीमण्डल विस्तार गरेका छौं । चेपाङ समुदायबाट पहिलोपटक मन्त्रिपरिषद्‌मा प्रतिनिधित्व भएको । दलित आएका छन्, द्धन्दपीडित आएका छन्, चार चारजना महिलाहरु छन् । सकरात्मक पाटो पनि छ नि ।’

मुख्यमन्त्री पाण्डेले प्रदेशदेखि केन्द्रसम्म गठबन्धन जोगाएर जानुपर्ने भएकाले मन्त्रिमण्डल विस्तारको वाध्यात्मक परिस्थिति आइलागेको पनि बताए । अहिले प्रदेशमा गठबन्धन सरकार रहेको छ र त्यसमा एकीकृत समाजवादी सानो शक्ति भएकाले पनि सबै कुरा आफैले सोचे अनुसार नहुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

‘गठबन्धनको सरकार छ, गठबन्धनमा तीनवटा शक्तिमध्ये हामी अलि सानो छौं,’ पाण्डेले भने, ‘मिलेर नै जानु पर्‍यो, प्रदेशदेखि केन्द्रसम्मको गठबन्धन जोगाएरै जानु पर्‍यो।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४