Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगामी निर्वाचनमा एमालेको हालत देखिन्छ : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 2.4K
    SHARES

काठमाडौं, पुष ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताउनु भएको छ ।

माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको पार्टी एकता घोषण कार्यक्रमा अध्यक्ष दाहालले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भ¥याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको जिकिर गर्नुभयो । एमालेले धाक दिदैँ हिडेको भन्दै उहाँले आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने चेतावनी दिनुभयो ।

अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको जिकिर गर्नु भएको छ । उहाँले प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनुभयो । राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ । उहाँले नेकपा एमालेतर्फ संकेत गर्दै अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताउनुभयो । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच पार्टी एकिकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४