Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दैनिक करिब ६ करोडको तरकारी आयात


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै तरकारी आयात गरेको देखिन्छ ।

यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ । आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपैयाँ विदेशीएको छ । दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेंडा, ३७ करोड ४१ लाखको हरियो लसुन, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।

एक करोड ४ लाखको फर्सी, ४१ लाख रुपैयाँको गाजर, ४ करोडको भेण्डे खुर्सानी र १६ करोड रुपैयाँ हरियो सागपात नेपाल भित्रिएको भन्सारको तथ्याङ्मा उल्लेख छ । यस्तै ३ करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी पनि नेपाल भित्रिएको छ । यस्तै कांक्रो,बन्दा,र खुर्सानीको आयात पनि उच्च मात्रामा देखिन्छ । चालु आवको कात्तिक मसान्तसम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरेको थियो ।

नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् ।

चालु आवको ५ महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट खरिद गरेको छ । यस्तै बंगलदेशबाट पनि १० करोड मूल्य बराबरको आलु नेपाल भित्रिएको छ । पाकिस्तानबाट ८२ हजारको हरियो लसुन नेपाल भित्रिएको छ भने दक्षिण कोरियाबाट समेत रातो बन्दा नेपाल आयात गरिएको छ । तरकारी आयातमा ठूलो हिस्सा भारतबाट नै देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४