Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तरलता सहज बनाउन विदेशबाट आउने रकमलाई बैंकिङ प्रणालीबाट ल्याउनुपर्छ : बैंकर्स संघ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेपाल बैंकर्स संघले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्नेमा जोड दिएको छ ।

संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणलीबाटै ल्याउने नीति सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने उहाँको भनाइ छ ।

अध्यक्ष उपाध्यायले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको पनि स्पष्ट पार्नुभयो ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरूले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्ने बताउनुभयो ।

अध्यक्ष पोखरेले बैंकहरूले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताउनुभयो । राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्र तोकिदिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरूमा तरलता बढी हुँदा गुणस्तरीय कर्जा नराम्रो हुने गरेको बताउनुभयो । उहाँले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पुँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताउनुभयो ।

अध्यक्ष तुलाधरले बजारमा रहेको तरलता व्यवस्थापन गर्न विदेशबाट आउने रेमिटेन्सलाई बैकिङ खाताबाट मार्फत पठाउने व्यवस्था लागू गर्नु जरुरी रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४