Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 8.2K
    SHARES

हेटौंडा । बागमती प्रदेश सभाको आजको बैठक पनि नेकपा (एमाले) ले अवरुद्ध गरेको छ । प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बैठकको कार्यसूची पेस गर्न नपाउँदै एमालेले सभा अवरुद्ध गरेको हो ।

एमालेका सभासद केशवराज पाण्डेले हिजोको बैठकमा आफ्नो दलले राखेको विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राख्नुभएको थियो ।

प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।

हिजोको बैठकमा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको सरकारले गरेका निर्णयहरु रोकेको, भागबण्डा मिलाउन मन्त्रालय थपेर जनताको करको रकम दुरुपयोग गर्न खोजेको लगायतका विषयमा मुख्यमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।

प्रदेश सभाको आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षा सम्बन्धी विधेयकको विषयमा छलफल गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४