Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चन्द्रे कामीको ‘घाउ जाँच’ मा के देखियो ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ७ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । अन्तरजातीय विवाह गरेका कारण चन्द्रे कामी बेपत्ता भएको भन्दै उजुरी परेपछि प्रहरीले हुम्लामा उनको खोजी तीव्र बनायो । उनी २९ मंसिरदेखि हराएको भन्दै खबर आएपछि जिल्लाभर उनको हुलिया परिपत्र गरेर खोजी गर्न भनिएको थियो ।

तर उनी हराएको ८ औं दिनमा सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँपालिकास्थित गुप्चेगौंडामा उनलाई प्रहरीले फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुख हेरम्भ शर्मा भन्छन्, ‘उनमा बाहिरी चोटपटक देखिएको छैन, यत्तिका दिन कहाँ थिए भन्ने विषयमा अनुसन्धान नै गर्नुपर्ने देखिन्छ ।’

प्रहरीका अनुसार प्रहरी प्रमुख शर्मा चन्द्रे कामीले विहे गरेकी युवती र उनका बुबालाई लिएर सदरमुकामतर्फ आइरहेका छन् । खार्पुनाथमा खटिएका एक जना प्रहरी सहायक निरीक्षकले चन्द्रेलाई जिल्ला सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याइसकेका छन् ।

हुम्लामा खटिएका एक प्रहरी अधिकृतका अनुसार कामीको जिल्ला अस्पतालमा घाँउजाँच पनि गरिएको छ । ‘तर चोटपटकको संकेत देखिएको छैन’ उनी भन्छन्, ‘सामान्य कुटपिट चाहिँ भएको हुनसक्छ ।’

प्रहरीका अनुसार २९ भदौमा मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी १७ वर्षीया मल्ल थरकी किशोरीलाई लिन उनको परिवार आएको देखिएको छ । ‘किशोरीलाई लैजाने क्रममा उनीमाथि पनि कुटपिट भएको हुनसक्छ’ कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐर भन्छन्, ‘तर देखिने खालको चोट चाहिँ देखिएको छैन ।’

डीएसपी शर्माका अनुसार कामी जंगल र एक होटलमा बसेको देखिएको छ । उनी भन्छन्, ‘डराएर आफैं लुकेका हुन् कि उनलाई लुकाइएको हो भन्ने विषयमा चाहिँ विस्तृत अनुसन्धान नै गर्नुपर्ने देखिन्छ ।’

अर्का एक प्रहरी अधिकृतका अनुसार युवतीलाई कोठाबाटै लैजाने क्रममा उनीमाथि कुटपिट भएको कामीले प्रारम्भिक सोधपुछमा बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४