Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न कृषि मन्त्रीको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ७ २०७८
  • 2.7K
    SHARES

काठमाडौं, पुष ७ । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न सुझाव दिनुभएको छ ।

मन्त्री यादवले रासायनिक मलको अभाव तत्काल समाधान गर्न तत्काल सम्भव नभएकाले प्राङगारिक मल प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो । रासायनिक मलको अभाव कम गर्न जिटूजी माध्यम उपयुक्त भएपनि धेरै देशलाई पत्राचार गर्दासमेत अहिले कोही तयार नरहेको उहाँको भनाइ छ । यादवले अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव रहेकाले किसानको मागअनुसार पूर्ति गर्न नसकेको बताउनुभयो ।

यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढिरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनु भयो । कृषिलाई आत्मनिर्भर बनाउन सरकारले २० वर्षे नीति लिएको भन्दै उहाँले निजी, सहकारी र सरकारी क्षेत्रलाई व्यवस्थित बनाएर अघि बढे सफल भइने दाबी गर्नुभयो ।

यादवले पशु चिकित्सकहरुले सरकारबाट पाउनुपर्ने कानुनी सुविधा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने भन्दै कृषिसम्बन्धी औषधिहरु उत्पादन गर्न प्रविधिक जनशक्ति खटाउने सोचमा सरकार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४