Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा र निधि–कोइराला आमने-सामने, बालकृष्ण र गगन जनकपुरमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 3.2K
    SHARES

पाली काँग्रेस प्रदेश २ को नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि–शेखर कोइराला समूह प्रतिस्पर्धामा उत्रिएको छ । मंगलबार देउवा समूहबाट रौतहटका सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ संसदीय दल नेता तथा मन्त्री रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

सर्वसम्मितमा प्रदेश कार्यसमिति चयन गर्ने पूर्वउपसभापति निधिको प्रयास असफल भएपछि कृष्ण र रामसरोज चुनावी मैदानमा उत्रिएका छन् । देउवा र निधि–कोइराला समूहबीच प्रदेश समितिको ७२ पदमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । प्रदेश २ मा आफ्नो बलियो उपस्थिति रहेको भन्दै देउवा समूह निधि पक्षलाई नेतृत्व दिन तयार नभएपछि चुनाव हुन लागेको हो । 

महाधिवेशनको दोस्रो चरणमा देउवालाई समर्थन गरेका निधिले प्रदेश दुईमा साथ पाउन अपेक्षा राखेका थिए । सोही अनुसार निधिले सभापति देउवासँग संवाद पनि गरेका थिए । तर देउवा पक्षले नेतृत्व नछाड्ने अडान दिएपछि निधि र कोइराला एक ठाउँमा उभिएका छन् ।

निधि निकट रामसरोजलाई अध्यक्षका रुपमा अगाडि सारेर एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री कोइराला समूहले लिएको छ । बाँकी एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री निधि समूहले राखेको छ । केन्द्रीय महाधिवेशन पछि हुन लागेको प्रदेश अधिवेशनलाई दुबै पक्षले महत्वका साथ लिएको छ । 

देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाण दलबलसहित जनकपुरमा छन् । नवनिर्वाचित सहमहामन्त्रीद्वय महेन्द्र यादव, फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल आफ्नो पक्षमा परिणाम निकाल्न कस्सिएर लागेका छन् । यता निधि– कोइराला पक्षका प्रभावशाली नेता जनकपुरमा छन् ।

निधि आफै  मैदानमा खटिएका छन् । निधिलाई साथ दिन उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा र उपसभापतिका प्रत्यासी चन्द्रभण्डारी पनि जनकपुरमा छन् ।कोइराला पक्षबाट प्रदेश एकका सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका पत्यासी भूपेन्द्रजंग शाही, सहमहामन्त्रीका प्रत्यासीद्वय रामकृष्ण यादव र तेजुलाल चौधरी चुनावी रणनीति बनाउन व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४