Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, प्रेम सुवालकाे प्रस्ताव बहुमतले अस्वीकृत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजको बैठक पनि अवरोध गरेको छ ।

आफ्नो पार्टीले कारबाही गरेको सांसदहरूकाे सूची सभामुख अग्निप्रसाद सापकोटाले प्रकाशित नगरेकाे भन्दै एमालेले मंगलबार बोलाइएको बैठक पनि अवरुद्ध गरेको हो ।

एमाले सांसदहरूको विरोधका बीच सांसद प्रेम सुवालले ‘यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रतिनिधिसभामा पेश गर्नुभयो ।

सुवालकाे प्रस्ताव बहुमतले अस्वीकृत भएकाे छ ।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले ‘यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश’ प्रतिनिधिसभामा पेश गर्नुभयो ।

गत भदौ २३ मा संसद बैठक सुरु भएयता एमालेले निरन्तर बैठकमा विरोध गरिरहेको छ । प्रतिनिधिसभाकाे अर्काे बैठक पुस ७ गते दिउँसाे १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४