Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालत परिसरमा प्रदर्शन नगर्न कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 8.9K
    SHARES

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएनलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेको हो ।

अध्यक्ष श्रेष्ठलाई आफूलाई सर्वोच्च अदालत प्रशासनले फोन गरेर अदालतको कामकारवाहीमा प्रभाव पर्ने भन्दै अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न आग्रह गरेको बताउनुभयो । तर उहाँले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

नेपाल बार एसोसिएनको नेतृत्वमा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै करिब दुई महिनाले नियमित आन्दोलन तथा प्रर्दशन गर्दै आएका छन् । उनीहरुले हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शन पछि कोणसभा गर्दै आएका छन् । सो क्रममा हाते माइक प्रयोग गर्ने गरिएको छ । सर्वोच्च अदालत प्रशासनले माइक प्रयोगलाई हटाउन खोजेको हो । १२ बजे कानून व्यवसायीहरुको प्रदर्शन सकिएपछि मात्रै सर्वोच्च अदालतमा इजलास बस्ने गरेको छ । आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४