Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३२ करोड लगानीमा भरतपुरमा खुल्यो सिएमटी रिसोर्ट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 4.1K
    SHARES

चितवन । चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्टका प्रवन्ध निर्देशक मदन घिमिरेले रिसोर्टमा ३२ करोड लगानी भएको बताए । एक बिघा जग्गामा फैलिएको रिसोर्ट पूर्णरुपमा सन्चालनमा आएको जानकारी उनले सोमबार दिए । एक बिघामध्ये १४ कठ्ठा जग्गा वाणिज्य बैंकको सरकारी जग्गा र बाँकी व्यक्तिको जग्गा भाडामा लिएर रिसोर्ट सन्चालन गरिएको प्रवन्ध निर्देशक घिमिरेले बताए ।

नजिकिंदो क्रिसमस चाड र नेपाली नयाँ वर्ष अगाडि सन्चालनमा ल्याइएको रिसोर्टमा आधुनिक सुविधा सम्पन्न एक्जुकेटिभ कोठासहित ४२ वटा कोठा छन् । उनका अनुसार रिसोर्टमा २५०० सिट क्षमताको इभेन्ट हलसहित अन्य तीन वटा साना हलहरु छन् ।

एकैपटक एक सय जनालाई खुवाउन मिल्ने भोजनालय, बार, कफीसप, स्विमिङ पुलको समेत रिसोर्टमा व्यवस्था छ । भरतपुर क्षेत्रमा यतिको क्षमताको अन्य हल र रिसोर्ट नभएको प्रवन्ध निर्देशक घिमिरेले दाबी गरे ।

रेष्टुरेण्टमा सकभर अर्गानिक खाद्यान्न प्रयोग गर्ने लक्ष्य रहेको बताउँदै घिमिरेले अजिनामोटो र रंगहरुको प्रयोग नगरिने बताए । यहाँ नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल र थाई परिकारहरु पाइने घिमिरेले बताए । ग्यासको खपत कम गर्ने गरी बिजुली र बाफबाट खाना पाक्ने प्रविधि किचनमा जोडिएको छ ।

पार्टी बसको व्यवस्था

रिसोर्टमा अत्याधुनिक सुविधा सम्पन्न डिस्को बारसहित पार्टी बसको समेत व्यवस्था गरिएको सञ्चालकहरुले बताएका छन् । घिमिरेका अनुसार बसमा चढेर विभिन्न पर्यटकीय स्थलहरुमा गएर विभिन्न पार्टी गर्न सकिने छ । चितवनका पर्यटकीय स्थलहरुमा घुम्न रिसोर्टले सबै प्रकारको समन्वय पनि गर्ने घिमिरेले बताए ।

डिनरको मज्जा लिंदै घरदेखि विभिन्न पर्यटकीय स्थलहरुमा पाहुनाहरुलाई लैजाने र घरसम्म फर्काउने व्यवस्था पनि गरिने उनको भनाइ छ । विभिन्न पारिवारिक जमघटहरु जन्मदिन, एनिभर्सरी, नयाँ वर्ष, क्रिसमस पार्टी, अफिसियल स्टाफ पार्टीहरुमा बससहितको सुविधा राख्ने योजना रिसोर्टको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४