Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्जुन दास हत्या प्रकरण : मृतककी श्रीमतीलाई अडियो पठाउने युवक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 4.9K
    SHARES

धनगढी । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने युुवक पक्राउ परेका प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ती युवकलाई आइतबार साँझ पक्राउ गरिएको र उनीमाथि अनुसन्धान शुरु गरिएको बताए । तर घटनामा उनको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

घटनामा संलग्नहरुको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए । शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए ।

दासको हत्या भएको अडियो फेसबुक म्यासेन्जरमा आएपछि अर्जुनकी श्रीमती धर्मादेवी शनिबार बिहान घटनाबारे जानकारी गराउन प्रहरी चौकी अमरावती पुुगेकी थिइन् ।

शव उठाउन सहमत

आक्रोशित स्थानीय वासिन्दाले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै आइतबार शव उठाउन मानेनन् । सोमबार भने स्थानीय जनप्रतिनिधिहरुको अगुुवाइमा गरिएको छलफलका क्रममा प्रहरीले दोषीलाई शीघ्र पक्राउ गरेर कारवाहीको दायरामा ल्याउने प्रतिबद्धतापछि पीडित पक्ष शव उठाउन सहमत भएको छ ।

जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्ष घटनास्थलबाट दासको शव उठाउन सहमत भएको बताए । उनका अनुसार प्रहरीले अहिले मृतकको शव उठाउने तयारी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पनि पीडित पक्ष शव उठाउन सहमत भएको बताए ।

संघर्ष समिति गठन

अर्जुन दासको न्यायका लागि भन्दै स्थानीय वासिन्दा र आफन्तले ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । समितिले दोषीलाई कानूनबमोजिम सजाय हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारको जीउज्यान सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४