Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षा सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभएको छ ।

त्रिभूवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकार सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने मान्यतामा रहेको र त्यसका लागि काम गरिरहेको बताउनुभयो ।

‘शिक्षा सबैका लागि हुनुपर्छ, आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ,’ उहाँले भन्नुभयो, ‘सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ ।’

प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीहरूलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४