Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसीबारे सत्ता गठबन्धनमै तीब्र मतभेद, सहमति जुटाउन तीन सदस्यीय कार्यदल गठन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । अमेरिकी सहयोग परियोजना, एमसीसीबारे सत्तारुढ गठबन्धनमै तीब्र मतभेद देखिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसदबाट अनुमोदन गराउने प्रयासमा हुनुहुन्छ भने सत्ताका सहयात्री दुई बाम घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसको विपक्षमा छन् ।

प्रधानमन्त्री देउवाले हिजो डाक्नुभएको सत्ता साझेदारहरुको वैठकमा पनि मतभेद राम्रैसँग प्रकट भयो । बैठकको सुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाएको भन्दै तुरुन्तै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले यसबारे थप छलफल आवश्यक भएको बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मध्यमार्गी धारणा राख्नुभएको थियो । गठबन्धनलाई कायम राख्दै यो विषयमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपाय खोज्नुपर्ने उहाँको धारणा थियो । त्यसैगरी नेकपा एकीकृत समाजवादीले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने अडान दोहो¥याएको थियो ।

सत्ता सहयात्रीहरुबीच नै चर्को मतभेद देखिएपछि थप छलफल गर्न भन्दै तीन सदस्यीय कार्यदल बनाइएको छ । एकिकृत समाजवादीबाट झलनाथ खनाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवदाी केन्द्रबाट नारायणकाजी श्रेष्ठ रहेको कार्यदल बनाइएको हो । कार्यदल बनाएर अल्मल्याउने पक्षमा सत्ता गठबन्धनका बामदलहरु रहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४