Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वमन्त्री चटौत कांग्रेस केन्द्रीय सदस्यमा पराजित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तारिणीदत्त चटौत केन्द्रीय सदस्य पदको निर्वाचनमा पराजित भएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३५ खुला केन्द्रीय सदस्यको उम्मेदवार रहेका चटौत पराजित भएका हुन् । आइतबार साँझ सार्वजनिक मतपरिणाम अनुसार चटौतले ८२२ मत पाएको निर्वाचन समितिले जनाएको छ । खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार थिए ।

नवौं महाधिवेशनमा सभापति गिरिजाप्रसाद कोइरालाले चटौतलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । २०५६ सालमा कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका चटौत लाउडा जहाज प्रकरणमा मुछिएका थिए ।

संविधान सभा सदस्य रहेका उनी कांग्रेसका नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत कञ्चनपुर कांग्रेसका पुराना नेता हुन् । १३औं महाधिवेशनमा उनी कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४