Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेसमा ३५ खुला केन्द्रीय सदस्य निर्वाचित, देउवा पक्षका ७१ प्रतिशत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 9K
    SHARES

नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ जना मध्ये ३५ जना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

काँग्रेस विधान अनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला खुला केन्द्रीय सदस्यमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

  • देउवा पक्षका ७१ प्रतिशत

देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसपटक देउवा पक्षले ७१ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य जितेको छ । देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक,  शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा,  गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।

यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।

यता कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।

तत्कालीन पौडेल समूहले १३ औं महाधिवेशन २५ जना मध्ये ११ जना केन्द्रीय सदस्य जितेको थियो । देउवा समूहबाट त्यतिबेला केन्द्रीय सदस्यमा चुनाव जितेका मध्ये १४ जना थिए । तर अहिले ३५ जना खुला केन्द्रीय सदस्य आउँदा पनि कोइराला समूह ९ जनामै सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४