Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको केरलमा १२ घण्टाभित्र दुई नेताको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 9.1K
    SHARES

भारतको केरलमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।

काठमाडौं । भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।

केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

राति घर जाने क्रममा चक्कु प्रहार गरी शानको हत्या गरिएको थियो । कारमा आएको एक समूहले शान चढेको मोटरसाइकललाई हिर्काएपछि उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै कोची अस्पतालमा लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार बिहान मर्निङ वाकका लागि बाहिर निस्कने तयारी गरिरहेका बेला श्रीनिवासनको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाजपाको ओबीसी मोर्चाका प्रान्तीय सचिवसमेत रहेका श्रीनिवासन हालै सम्पन्न विधानसभा चुनावमा उम्मेदवार थिए ।

दुई नेताको हत्या लगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ ।

केरलका मुख्यमन्त्री पिनराई विजयनले हत्याको निन्दा गर्दै संलग्नलाई कडा कारबाही गरिने बताएका छन् । ‘यस खालको जघन्य एवं अमानवीय हिंसा राज्यका लागि खतरनाक छ’, पत्रकार सम्मेलनमा बोल्दै विजयनले भने, ‘सबै मानिसले यस्ता हत्यारा समूहको पहिचान गरी एक्ल्याउने छन् भन्नेमा म विश्वस्त छु ।’

भाजपा र एसडीपीआईले एकअर्कामाथि हत्याको दोष लगाएका छन् । भाजपाका प्रान्तीय अध्यक्ष के सुरेन्द्रनले ६० दिनको अवधिमा आफ्ना ३ जना नेताको निर्मम हत्या भएको र आततायी समूहले राज्यलाई अस्थिर बनाउन खोजेको बताएका छन् ।

तर एडीपीआईले भाजपाको वैचारिक गुरु आरएसएसमाथि हमलाको योजना बनाएको आरोप लगाएको छ । ‘यो राज्यमा साम्प्रदायिक हिंसा सिर्जना गर्ने र साम्प्रदायिक सदभाव खल्बल्याउने संघ परिवारको एजेन्डाको एक अंग हो’, सो पार्टीका प्रमुख  एमके फैजीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४