Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साम्यवादी दर्शन बोकेको साकेला नाच


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 5.6K
    SHARES

किरात समुदाय प्रकृतिपूजामा विश्वास राख्छन् । यसै मान्यताअनूसार वर्षमा दुईचोटि साकेला नाचसहितको सांस्कृतिक पर्व मनाउँछन् । एउटा उधौली, अर्को उभौली ।

यी दुवै पर्वले ऋतु परिवर्तनको संकेत गर्दछन् । उधौली भन्नाले सारा चराचुरुङ्गी, माछाहरू जाडोले गर्दा उँधो (तलतिर) लाग्ने अनि उभौली भनेको चराहरू, माछाहरू माथि लाग्ने समय भन्ने पनि बुझिन्छ ।

पूर्खाले ऋतु परिवर्तनको लागि सिकाएको रेखाचित्र अनुसार नै हामी पर्व मनाउँछौं । यसैले अरु पर्वभन्दा यसमा के पृथक छ भने यो विशुद्ध ‘भूमिपूजा’ हो । उभौलीमा वैशाखको समय पारेर भूमिको पूजा गरिन्छ । त्यतिबेला प्रकृतिलाई फेरि खनजोत गर्छौं, तिमीले हामीलाई बाँच्ने आधार देऊ है भन्ने आशय हुन्छ । उधौलीमा चाहिँ ‘हे ! प्रकृति तिमीले राम्रो अन्न दियौ र हामी बाँच्ने भयौं’ भूमिलाई, माटोलाई, प्रकृतिलाई पूजा गर्छौं ।

उधौलीमा गीत गाएर साकेला नाच नाचिन्छ । केटाकेटी, तरूणातन्नेरी, बुढाबुढी सबै लहरै गोलबन्द भएर नाच्छन् । उहिले–उहिलेको आदिम साम्यवादको प्रतिछायाँ साकेला नाचमा  पाउन सकिन्छ । किनभने यसमा सामूहिकता र सामूहिक विश्वासले गर्दा मानिस रमाएको हुन्छ ।

उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किरात राईहरूले साकेला, साकेन्वा, किरात याख्खाहरूले चासुवा र किरात सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजाजस्ता नामले समेत चिनिन्छ ।

साकेला नृत्य परम्परागत ढंगले मान्दै आएको आस्थाको केन्द्र हो । दोस्रो चाहिँ पहिचानको आयाम विस्तार गर्ने क्रममा अब पहिचान जोगाउनुपर्छ, भेला हुनुपर्छ भनेर काठमाडौंमा  समेत बृहत रुपमा उधौली मनाउने क्रम बढेको हो । उधौली र उधौली किँराती दर्शन मुन्धुमअनुसार मनाइने भएपनि पूर्वी नेपालको स्थान विशेषअनुसार विधि–विधानमा केही भिन्नता छ ।

साकेलाको गीत, उखान पहिला पुर्खाले बान्तवा, चाम्लिङ, सोताङ, कुलुङजस्ता आ–आफ्नै भाषामा गाउँथे । तर अहिले खस नेपाली भाषामै हाम्रो गीत ‘सोइ ढोले सोइ अर्को ढोले खोइ’, अनि ‘सिन्कौली सिन्ले सेलेले नाचिमा जाउँ है पेलेले’ भन्दै गीत गाइन्छ । जसले सामूहिकरणको सन्देश दिन्छ ।

लिम्बूहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् । यस्तै समूहमा हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् ।

त्यस्तै सुनुवार (कोइँच)हरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन् । याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।

पाकेको नयाँ अन्नबाली आफूले खानुअघि प्रकृति र देवीदेउतालाई चढाएर मात्र मानिसले खाने गरिन्छ । यसो गरेमा कुनै दुःख नहुने, अन्नको सह रहने जनविश्वास छ ।

सँगैसँगै उभिएर, मिलेर, हात समाएर नाचौं है भन्ने अर्थ दिन्छ । सबै मिलेर प्रकृतिको गान गाऔं, नाचौं, उत्सव मनाऔं भन्ने भाव साकेलाको गीतमा पाइन्छ ।

(कवि एवं संस्कृतिकर्मी भूपाल राईसँगको कुराकानीबाट)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४