Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो सामुदायिक विद्यालय जहाँ भर्ना हुन सांसद्‍देखि मन्त्रीसम्मको सोर्स लगाउँछन्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 9.5K
    SHARES

चिटिक्क पोसाकमा सजिएका विद्यार्थी, पठन पाठनका लागि बिहानी कक्षादेखि दिउँसोको कक्षामा थेगी नसक्नु विद्यार्थीको भीड । अधिकांश सामुदायिक स्कुललाई विद्यार्थी जुटाउन ठुलै पापड बेल्नु परिरहेका बेला विराटनगरमा एउटा यस्तो सामुदायिक स्कुल छ, जहाँ भर्ना हुन प्रदेशका मन्त्रीदेखि सांसदको फोन लगाएर आउनेहरू धेरै छन् । सामुदायिक विद्यालय भए पनि पछिल्ला वर्ष पोखरिया माध्यमिक विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषण थेगिनसक्नुछ ।

अङ्ग्रेजी माध्यमबाट  पठन पाठन सुरु भएयताका दिनमा विद्यार्थी अभावमा कहिले पोखरिया माविले पछाडि फर्केर हेर्नु परेको छैन । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयमा भर्ना भएर पढ्न चाहने विद्यार्थी ओइरो लाग्ने गरेको छ । अभिभावले आफ्ना छोराछोरी पठाउन सो विद्यालयमा ठुलै मान्छेको सोर्सफोर्स लगाउँदा पनि आफ्ना छोरा छोरीलाई पोखरिया भर्ना गर्न सकेका छैनन् ।

पोखरिया स्कुलमा भर्ना अघि विद्यार्थीहरुले परीक्षा दिनुपर्छ,’ विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई भन्छन्, ‘विद्यालयको कोटाभन्दा बाहिर गएर विद्यार्थी भर्ना लिन अवस्था रहँदैन। पोखरियामा छोराछोरी भर्नाका लागि अभिभावकले मन्त्रीदेखि सांसद गुहारेको प्रअ भट्टराई बताउँछन् । उनले भने, ‘ विद्यार्थी भर्ना लिइदिनु पर्‍यो भनेर त्यो बेला हामीलाई मन्त्रीदेखि सांसदसम्मको फोन आएर प्रेसर थगिनसक्नु हुन्छ।

पोखरियामा अहिले १ देखि १२ कक्षासम्म पठन पाठन हुँदै आएको छ । जसमा २९३० विद्यार्थी अध्ययनरत छन् । १ देखि १० कक्षासम्म अङ्ग्रेजी र नेपाली माध्यमबाट २३३० जना विद्यार्थी अध्ययानरत छन् । प्रअ भट्टराईका अनुसार अहिले कक्षा १ देखि १० सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुँदै आएको पोखरियामा यो शैक्षिक सत्रदेखि ८,९ र १० कक्षामा मात्र नेपाली र अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । ८ कक्षामा अहिले ८ वटा सेक्सनमा विभाजन गरी पठाई हुँदै आएको छ । त्यसमध्ये एउटा सेक्सनमा मात्र नेपाली माध्यममा पढाई हुने गरेको छ । त्यसैगरी ९ र १० कक्षामा कक्षामा ९ सेक्सनमध्ये दुई/दुई वटा कक्षा मात्र नेपाली माध्यमबाट हुने गरेको छ । पोखरिया स्कुलमा यो शैक्षिक सत्रबाट १ देखि ७ कक्षासम्मको सबै अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु गरिएको छ । 

पोखरिया माविमा २०७० सालदेखि अङ्ग्रेजी माध्यमबाट पहिलो पटक पठन पाठन सुरु गरिएको थियो । सो वर्ष पोखरिया स्कुलमा १ देखि १२ कक्षसम्म जम्मा ३ सय विद्यार्थी अध्ययानरत थिए । अङ्ग्रेजी माध्यमबाट पठन पठन सुरु गर्दाको वर्षको अवस्थालाई स्मरण गदै प्रअ भट्टराई भन्छन्,‘नेपाली माध्यमबाट हुने पठनपाठनप्रति विद्यार्थीमा रुचि घट्दै जाँदा प्रत्येक वर्ष विद्यार्थीले विद्यालय छाडने क्रम सुरु भएको थियो। विद्यार्थी रोक्ने अस्त्रका रूपमा हामीले अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेको अर्को बर्षदेखिनै हाम्रो विद्यालयमा विद्यार्थीको लर्को लागेको थियो।अहिले हामीले भर्नाका लागि आउने सबै विद्यार्थी भर्ना लिन नसक्ने भएर कोटा निर्धारण गर्ने अवस्थामा पुगेका छौँ ।’

प्रअ भट्टराईले यो शैक्षिक सत्रका लागि करिब १६७० जना विद्यार्थीले निवेदन दिएकोमा १ देखि १० कक्षासम्मका लागि जम्मा ५ सय विधार्थीमात्र परीक्षा लिएर कोटा माध्यमबाट भर्ना गरिएको  बताए । 

भट्टराई २०६८ सालमा विद्यालयमा प्रधानाध्यापकका रूपमा नियुक्ति भएका थिए । उनी प्रधानाध्यापक भएर आउँदा सो स्कुलमा जम्मा ३०० विद्यार्थी अध्ययनरत थिए । त्यसपछि पनि विद्यार्थीको सङ्ख्या घट्न थालेको थियो । विद्यार्थी सङ्ख्या घट्दै जान थालेपछि उनको चिन्ता थपिँदै जान थाल्यो । विद्यालय छाडेका विद्यार्थीका अभिभावकलाई भेट्दा विद्यार्थी र अभिभावकमा देखिएको अङ्ग्रेजी माध्यमप्रतिको मोह रहेको उनले पाए । त्यसपछि विद्यालय प्रशासनले आफ्ना विद्यार्थी बाहिरिने क्रम रोक्न अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने निर्णयसहित ०७० सालबाट पोखरिया स्कुलले अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेको थियो।

प्रअ भट्टराईका अनुसार पहिलो वर्ष २०७० सालमा ८–१० गरी ३ वटा कक्षामा अङ्ग्रेजी माध्यमका विद्यार्थी भर्ना लिइएको थियो । ९२ जना विद्यार्थीबाट अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गरेको उनले बताए । पहिलो वर्ष बोर्डिङ पढेर आएका विद्यार्थी मात्रै अङ्ग्रेजी माध्यम पढेको उनले बताए । त्यसयता क्रमशः सबै कक्षाका लागि अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु गरी विद्यार्थी भर्ना लिन थालिएको थियो ।

अहिले विद्यार्थीको चापले विद्यालयमा पर्याप्त भौतिक संरचना नै अभाव हुन थालेको प्रअ भट्टराई बताउँछन् । पोखरिया हाल मोरङका मात्रै होइन, धनकुटा, तेह्रथुम, सिराहा, सप्तरी, उदयपुर तथा खोटाङदेखि विद्यार्थी पढ्न आउने गरेका छन् ।

विद्यालयको व्यवस्थापन पक्ष सुधार गर्दै शिक्षण सिकाइमा प्रविधि स्मार्ट बोर्डबाट अध्यापन, आइसिटीको प्रयोग, शिक्षकलाई सूचनामैत्री वातावरण, प्रिमन्टेश्वरी स्कुल लगायत सेवा थप गरिएको छ । प्रधानाध्यापक भट्टराईका अनुसार पोखरिया स्कुलमा नर्सरी, केजी र १ कक्षासम्म स्मार्ट टिभीमार्फत पठन पाठनको व्यवस्था गरिएको छ । त्यसमाथिका कक्षाका लागि स्मार्ट बोर्ड मार्फत कक्षकोठामा अध्यापन गराइँदै आएको छ । विद्यालयका प्रअ भट्टराईले विद्यालयमा रहेका २८ वटा स्मार्ट बोर्डमा पाठ्यक्रम अनुसार पठन पाठन गरिँदै आएको जानकारी दिए । विद्यार्थीको चाप बढेसँगै अहिले विद्यालयमा कुल १ सय ५ जना कर्मचारी रहेका छन् । जसमा ९२ जना शिक्षक शिक्षिका रहेका छन् । । विद्यालयले दुई वटा बस खरिद गरी विद्यार्थी ल्याउन र पुर्‍याउन व्यवस्थासमेत गदै आएको छ ।

पोखरिया स्कुलले कोरोना महामारीको समयमा समेत वैकल्पिक विधिबाट पठनपाठन गदै आएको थियो । अहिले भने विद्यालयले भौतिक रूपमा मै विद्यार्थीलाई सहभागी गराई पठन पाठन गराउँदै आएको छ । पोखरिया स्कुलमा अहिले बिहानी र दिउँसो गरी दुई सेसनमा पठन पाठन हुँदै आएको छ ।

विद्यार्थीहरूको सुन्दर भविष्यका लागि आफ्नो टीम लागेको र अन्य सामुदायिक भन्दा फरक र बढी मेहनत गरेकाले विद्यालयप्रति सबैको आकर्षण बढेको प्रअ भट्टराई बताउँछन् । उनका अनुसार विद्यालयको नतिजा पनि निजी विद्यालयको तुलनामा राम्रै आउने गरेका छ । गतको वर्षको एसइई परीक्षामा पोखरिया स्कुलबाट कुल ३१२ विद्यार्थी सहभागी भएकोमा १ सय ८७ जनाले ‘ए प्लस’माथि ल्याएको प्रअ भट्टराईले बताए। 

प्रअ भट्टराई भन्छन्,‘सामुदायिक भएर पनि विद्यार्थी ओइरो लाग्नुको एउटै कारण हो, निजी विद्यालय सरह छोराछोरीलाई कम शुल्कमा पढाएको महसुस अभिभावकले गर्छन् ।’ साईन्स ल्याब, प्रोजेक्टरबाट पढाई, बालमैत्री कक्षा (खेल्दै सिक्दै कक्षा)सञ्चालन, विद्यालयका पक्की र स्तरीय संरचना, शिक्षकहरूको लगाव र निरन्तर जिल्लामा उत्कृष्ट भएका कारण अभिभावक छोराछोरीलाई त्यहाँ पढाउन उत्साहित बनेको उनको ठम्याइ छ ।

#पोखरिया माध्यमिक विद्यालय

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४