Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको १३ पदाधिकारीमा कस कसले जिते ? “८ पदाधिकारी शेरबहादुर देउवा सिटौला प्यानल !कोइराला प्यानलबाट ४ र सिंह प्यानलका १ “


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 8.4K
    SHARES

काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । जसअनुसार १३ पदाधिकारी मध्ये ८ पदाधिकारी शेरबहादुर देउवा सिटौला  प्यानलले जितेको छ । यस्तै, एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी कूल चार पदाधिकारी डा. शेखर कोइराला प्यानलले जितेको छ भने एक महामन्त्रीमा प्रकाशमान सिंह प्यानलले जितेको छ ।

निर्वाचन परिणामअनुसार, देउवा प्यानलबाट विजयी हुनेमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का रहनु भएको छ भने ८ सहमहामन्त्री मध्ये महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, खस/आर्यतर्फको सहमहामन्त्रीमा किशोर सिंह राठौर, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मधेसी तर्फको सहमहामन्त्रीमा महेन्द्र यादव र

यस्तै, कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन कुमार थापा, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी हुनु भएको छ भने सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी हुनु भएको छ । सिटौलाको कोटाबाट सहमहामन्त्रीमा थारूतर्फको उमाकान्त चौधरी विजयी हुनु भएको छ । 

पदाधिकारीमा निर्वाचित हुनेमा देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा हुनुहुन्थ्यो, बाँकी सबै नयाँ अनुहारका हुनुहुन्छ ।

अब पदाधिकारीमध्ये कोषाध्यक्ष चाहिँ निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेर मनोनित गर्ने विधानको व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४