उपसभापति गुरुङले आफूहरु निर्णायक ठाउँमा पुगेको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने बताए ।
उनले भने, ‘रुपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौं । विधि बमोजिम चल्ने पार्टी बनाउँछौं । विधान बमोजिम चल्ने पार्टी बनाउँछौं । ’
महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि पहिले झैँ ६०–४० को भाग खोज्न नजाने बताए । नव–निर्वाचित उपसभापति गुरुङले भने, ‘हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो, त्यो अनुसार ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात थाप्न थाल्यौं भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौँ । रुपान्तरितवादी होइनौँ भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ ।’
