Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गगन थापाले भोलिको नेतृत्वको तयारी गर्नुपर्छ भन्ने महाधिवेशनको सन्देश हो”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २ २०७८
  • 4.7K
    SHARES

नेपाली कांग्रेस प्राकृतिक ढंगको पार्टी हो । तर यो महाधिवेशनले थुप्रै सन्देशहरू दियो । त्यसैले कांग्रेसको १४औं महाधिवेशन एकप्रकारले ऐतिहासिक महत्वको बन्न पुगेको छ । यो महाधिवेशनको परिणामले कांग्रेसको मात्रै नभएर नेपालकै नेतृत्व निर्माण गर्ने आधार खडा गरेको छ ।

नेपाली कांग्रेस प्राकृतिक ढंगको पार्टी हो । तर यो महाधिवेशनले थुप्रै सन्देशहरू दियो । त्यसैले कांग्रेसको १४औं महाधिवेशन एकप्रकारले ऐतिहासिक महत्वको बन्न पुगेको छ । यो महाधिवेशनको परिणामले कांग्रेसको मात्रै नभएर नेपालकै नेतृत्व निर्माण गर्ने आधार खडा गरेको छ ।

मूल नेतृत्वमा ठूलो ‘जर्क’ नहोस् भनेर पुरानै नेतालाई निरन्तरता दियो । सँगसँगै, कांग्रेसको भविष्यको नेतृत्वमा चौथो पुस्ताका नेताहरुबाट हुनुपर्छ पनि भन्यो । त्यसैले असाध्यै ठूलो प्याराडाइम सिफ्ट भयो भन्न त सकिन्न । तर आफ्नो ‘लेजर’ अनुसारको निर्णय भने गर्यो । माथि नेतृत्वमा उथलपुथल नहोस् भन्नेमा पनि महाधिवेशन प्रतिनिधि सचेत देखिए भने भोलिको नेतृत्व पुराना मानिसहरुबाट चल्दैन पनि भन्यो । कांग्रेस पार्टी चलाउन आफूलाई अभ्यास गर भनेर चौथो पुस्तालाई अवसर दियो ।

नयाँ नेतृत्व आओस् भन्ने आमजनताको चाहना र मागलाई पनि महाधिवेशनले सम्बोधन गर्‍यो । जनताको चाहना महामन्त्रीमा नयाँ पुस्ता आयोस् भन्ने हो छ भनेर महाधिवेशन प्रतिनिधिहरुले मत जाहेर गरे । अबको कांग्रेस हिजो जसरी चलिरहेको थियो, त्यसरी चल्दैन भन्ने अभिमत प्रकट भयो । महाधिवेशनले कांग्रेसमा काम गर्ने तरिकामा, जनतालाई दिने कार्यक्रमहरुमा र गतिविधिहरुमा जनताको चाहना प्रतिविम्वित हुन्छ भन्ने सन्देश दियो ।

अर्को सन्देश हो– कांग्रेसमा गोजीबाट टपक्क टिपेर दिएको आदेशले काम गर्दैन । पार्टीमा जुन लोकतान्त्रिक धार छ, त्यो धारमा अडिग देखियो । किनभने यो परिणाम शीर्ष नेताहरुले चाहेका थिएनन् । अनि जसरी क्रियाशील सदस्य बन्छन्– त्यो अनुसार त तलैबाट सबै सेटिङ भएर आएको छ, माथि नेताले भने जसरी भोटिङ हुन्छ भन्ने धेरैलाई लागेको थियो ।

तर त्यो बुझाइ यसपटक खण्डित भयो । त्यो बुझाइ खण्डितमा हुनुमा महाधिवेशन प्रतिनिधि नयाँ र साक्षर हुनु हो । आधा भन्दा धेरै महाधिवेशन प्रतिनिधि नयाँ थिए । र, ९० प्रतिशत भन्दा धेरै शिक्षित र साक्षर थिए । अर्थात्, नेपालको जस्तो अवस्था छ, त्यसको प्रतिवम्व कांग्रेस प्रतिनिधिमा पनि थियो ।

                                                जुगल भुर्तेल

त्यसैले गोजीबाट निकालेर उम्मेदवार बनाउँदैमा महाधिवेशन प्रतिनिधिले चुन्दैनन् भन्ने सन्देश दियो । कांग्रेस लोकतान्त्रिक पार्टी हो, कम्युनिष्टहरु जस्तो होइन भन्ने स्थापित गरिदिए ।
अर्को सन्देश हो– कांग्रेसका विचारको ठाउँ छ । यो महाधिवेशन त नेतृत्व चयनका निम्ति थियो । त्यसैले बिचारले ठाउँ पाएन भन्ने आलोचना भयो ।

तर गगन थापा र विश्वप्रकाश शर्माले विचार प्रस्तुत गरे । नभन्दै, विचार प्रस्तुत गर्ने नेता पुरस्कृत भए । कांग्रेसमा विचारको महत्व छ भन्ने प्रमाणित भयो ।

नेपाली जनतालाई तुलना गर्ने अवसर पनि दियो । अस्ति भर्खर नेकपा एमालेको महाधिवेशन भयो । त्यो महाधिवेशन जसरी भयो र कांग्रेसको महाधिवेशन जसरी भयो, त्यसले आन्तरिक लोकतन्त्रको अभ्यासबारे सन्देश दियो ।

र, गगन थापालाई पनि महाधिवेशनले अर्को महत्वपूर्ण सन्देश दिएको छ । जसरी गगन थापाले अभूतपूर्व मत पाउनुभयो, त्यो म्याण्डेट आजसम्म कांग्रेसलाई थिति र विधि अनुसार चलाउनुपर्छ भनेर निरन्तर आवाज उठाउनुको परिणाम हो । पार्टीभित्र लोकतान्त्रिक अभ्यास, थिति र बिधिका कुरा अनि एकताबद्ध कांग्रेस भनेर निरन्तर बोलेको कुरालाई अनुमोदन भएको छ । त्यसैले गगन थापाले सम्झौताहीन ढंगले आफ्नो प्रतिबद्धतालाई कायम राखेर भोलिको नेतृत्वका लागि आफूलाई तयार गर्नुपर्छ भन्ने महाधिवेशनको सन्देश हो ।

(राजनीतिक विश्लेषक भुर्तेलसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४