Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेखर कोइराला भन्छन्- कांग्रेस सुधार्ने जिम्मा मेरो काँधमा आएको छ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २ २०७८
  • 2.9K
    SHARES

सभापति पदमा हारे पनि राजनीतिक लडाइँ जितेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो  काँधमा आएको बताएका छन् ।

१४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचन लड्दा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै कोइरालाले प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने प्रण पनि गरेका छन् ।

डा. कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।

पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत आफूलाई प्राप्त भएको भन्दै कोइरालाले आफू र आफ्नो टिम पार्टीलाई परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृह हुने बताएका छन् ।

सभापति पदमा पराजित भए पनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न आफू सफल भएको कोइरालाको भनाइ छ । उनले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भए पनि राजनीतिक रुपमा लडाइँ जितेको कोइरालाले उल्लेख गरेका छन् ।

‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं, भरोसा र विश्वासको वृद्धि गराएका छौं,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरुद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४