Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावमा अपवित्र गठजोड भयो, तर हामीले राजनीति जित्यौँ : शेखर कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २ २०७८
  • 6.9K
    SHARES

नेपाली काँग्रेसको सभापति पदमा पराजित नेता शेखर कोइरालाले  १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएको बताएका छन् । उनले आफूहरु त्यस्तो गठजोडसँग रहेको बताउँदै चुनावमा पराजित भएपनि राजनीति भने जितेको जिकिर गरेका छन् । 

‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ’, उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

आफू पार्टी सभापतिमा पराजित भएपनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत कोइरालाले बताएका छन् । ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले काँग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं’, विज्ञप्तिमा भनिएके छ ।

उनले आफूलाई प्राप्त मतले काँग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।

उनले  पार्टी भित्र रुपान्तरण र परिवर्तनको सहज नभएको पनि उल्लेख गरेका छन् । ‘वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध’, उनले भनेका छन्, ‘पार्टीको १४ औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो ।

उनले आफूलाई मत दिने सबै प्रतिनिधिलाई धन्यवाद दिँदै सभापतिमा निर्वाचित शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।  उनले अब काँग्रेसलाई एक ढिक्का बनाएर चुनाव जानुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४