Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व प्रकाश शर्माको सफलता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 5.1K
    SHARES

काठमाडौ । युवाहरुमाझ लोकप्रीय रहेका विश्वप्रकाश शर्मालाई काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले महामन्त्रीमा निर्वाचित गरेको छ ।

शर्माले १९८४ मत ल्याएर महामन्त्रीमा बाजी मारेका हुन् । शर्माले कांग्रेसमा रुपान्तरण हुनुपर्ने मुद्दा उठाउँदै आएका छन् । अब उनलाई कांग्रेस रुपान्तरणको लागि अभियान थाल्नु पर्ने मौका आएको छ । उनी अर्का निर्वाचित महामन्त्री गगन थापा भन्दा ६ वर्षले जेठा छन् । शर्मा महामन्त्रीमा उम्मेदवारी दिनु अघिसम्म नेपाली कांग्रेसको प्रवक्ताको भूमिकामा थिए ।

तर १४ औं महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बन्न नपाउने अवस्था देखिएपछि देउवालाई छोडेर प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । देउवा प्यानलमा भागवण्डा मिलाउँदा शर्माको भागमा महामन्त्री जुरेन त्यसपछि उनी सिंहतिर लागे । शर्मा नेपाली राजनीतिमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

उनले बौद्धिक नेताको छवि पनि बनाएका छन् । अव उनको बुद्धिले कांग्रेस हाक्नु पर्नेछ भने उनीप्रति आश राख्ने नेपाली युवा जमात लगायत सबैको भावना बुझेर उनले काम गर्नुपर्नेछ । अब कस्तो कांग्रेस बनाउने भन्ने जिम्मा गगन र विश्वप्रकाशको हातमा आएको छ । कांग्रेसमा बुढा र पाका नेताहरुबाट कांग्रेस रुपान्तरण हुन नसक्ने ठम्याएर नै महाधिवेशन प्रतिनिधिले गगन र विश्वप्रकाशलाई रोजेर पार्टीमा स्थापित गरेका छन् ।

  • यस्तो छ विश्वप्रकाशको विगत

वि सं. २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २०३७ सालमा झापामा विद्यालय पढ्दादेखी नै राजनीतिमा लागेका थिए । २०४० सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विद्यार्थी राजनीति प्रारम्भ गरेका शर्मा सोही वर्ष धुलावारी माविको नेविसंघ इकाइ सभापति बनेका थिए । उनलाई २०४१ सालमा कक्षा ९मा पढ्दा नै प्रहरीले गिरफ्तार गरेको थियो । शर्मा विद्यार्थी राजनीतिबाट उदाएका व्यक्ति हुन् ।

२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका हर्मा २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बन्न पुगे । त्यसैगरी उनी २०५३ सालमा नेविसंघ महामन्त्री र पछि केन्द्रीय उपसभापति भए । त्यसपछि २०५७ सालमा नेविसंघको सभापति बनेका थिए भने सोही वर्ष नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेर पार्टी राजनीतिमा प्रवेश गरे । नेविसंघको केन्द्रीय अध्यक्ष बनेका शर्मा पार्टी राजनीति गर्न जिल्लातिर लागे । तर कांग्रेसको १२ औं महाधिवेशनमा झापा जिल्ला सभापतिमा उम्मेदवारी दिएका शर्मा पराजित भए ।

त्यसपछि उनी फेरि जिल्ला राजनीति छोडेर केन्द्रतिरै आए २०७२ फागुनमा भएको कांग्रेसको १३ औं महाधिवेशनले उनलाई केन्द्रीय सदस्यमा निर्वाचित गर्यो । १३ औं महाधिवेशन सकिएको १८ महिनापछि कांग्रेसको प्रवक्ता बने र सभापति देउवाको विश्वास पात्रको रुपमा जिम्मेवारी बहन गरे । प्रखर वक्ता, कार्यकुशलता उनको सबैसँग सहज व्यवहार गर्ने क्षमताका कारण २०७६ मा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बनायो ।सबैतिर लोकप्रिय बनेका शर्माले संसदीय राजनीतिमा भने अझै सफलता पाउन सकेका छैनन् ।

उनी २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने झापामा पराजित भए । आफ्ना समर्थक मात्रै होइन विपक्षीलाई समेत राम्रो व्यवहार गर्न सिपालु शर्मालाई काठमाडौंमा भएको १४ औं महाधिवेशनले महामन्त्रीको पद जिम्मा लगाएर अघि बढ्ने जिम्मेवारी दिएको छ । जनताले आश गरेका नेतामा पर्छन शर्मा ।

#कांग्रेसमहाधिवेशनमहामन्त्रीविश्वप्रकाश

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४