प्रदीप पौडेलले ३६९ , प्रकाशशरण महतले ३८९ , मिनेन्द्र रिजालले २२३ र डाक्टर राजाराम कार्कीले ३९ मत पाएका छन् ।
अग्रता बनाएका गगन कुमार थापा डाक्टर शेखर कोइराला प्यानलका हुन् भने दोस्रो स्थानमा रहेका बिश्व प्रकाश शर्मा भने प्रकाशमान सिंह श्रेष्ठको समूहबाट महामन्त्रीको उम्मेदवारी दिएका हुन् ।
तेस्रो स्थानमा रहेका प्रदिप पौडेल र चौथो स्थानमा रहेका प्रकाश शरण महत सभापति निर्वाचित शेरबहादुर देउवा समूहका हुन् । पाँचौ स्थानमा रहेका मिनेन्द्र रिजाल शेखर समूहका हुन् भने अन्तिममा रहेका राजाराम कार्कीले विमलेन्द्र निधि समूहबाट महामन्त्रीमा उम्मेदवारीमा दिएका हुन् ।
६ जनामध्ये पहिलो र दोस्रो हुने दुई जना महामन्त्रीमा निर्वाचित हुने छन् ।
