Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हारे पनि आफूलाई विजयी ठानेको छु : सुजाता कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले पार्टीको चुनाव हारे पनि विजयी भएको महसुश गरेको बताउनु भएको छ ।

कोइरालाले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू कांग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको बताउनु भयो ।

उहाँ लेख्नुहुन्छ, ‘मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ ।’

उहाँले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट आफू सधै प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । ‘गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित छु । पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु । नेपाली काँग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुन्छ । मेरो अबको भूमिका काँग्रेसलाई एकतावद्ध बनाउन पनि हुनेछ ।’

नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४