Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकाशमानमाथि धनराज गुरुङको कटाक्ष !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २९ २०७८
  • 8.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंहमाथि कटाक्ष गरेका छन् ।

शेखर कोइरालाको टिमले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा उपसभापतिका उम्मेदवार समेत रहेका गुरुङले सिंहको नाम त लिएनन्, तर भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका छन् ।

उनले भने, ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ । बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।

नेतृत्व परिर्वतनको नारा दिएर कांग्रेसको सभापतिमा चुनाव लडेका सिंहले दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

उपसभापतिका उम्मेदवार गुरुङले मतमा आफूहरु कम भएपनि विचारले नहारेको बताए । उनले भने, ‘गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधि, बीपी कोइरालाका रगतले मात्र छोरा होइनौं, हामी सबै छोराका दाबेदार हौं । निष्ठाका दाबेदार हौं ।

चुनावमा आफूहरु फेल नभएको गुरुङले बताए । आफूहरुले ४० प्रतिशत मत ल्याएको भन्दै उनले भने, ‘भोलिको दिनमा हामी कति प्रतिशतमा रहन्छौं, त्यो तपशील हो । तर आउने निर्वाचनमा ५१ प्रतिशतको कांग्रेस बनाउने बोध गरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४