काठमाडौँ / नेपाली काँग्रेसको जारी महाधिवेशनमा पुरानो र नयाँ पुस्ताको बहस पेचिलो बन्दै गएका बेला नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने विश्वाससहित बिजुला बर्मा राणाद्दारा महिला खुल्ला तर्फ आफ्नो उम्मेदवार मनोनयनमा दर्ता गरेर केन्द्रीय सदस्यको दौडमा छन् ।
१४ औ महाधिवेशनमा सिन्धुलीबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि बनेकी बिजुला बर्मा राणाले शनिवार केन्द्रीय सदस्यका लागि आफ्नो मनोनयन दर्ता गरेकी छन् ।

नेपाली काँग्रेसलाई माया गर्ने देशभरका युवाहरूको प्रतिनिधित्व गदै केन्द्रीय सदस्यका लागि महिला खुल्ला तर्फको महिला कोटाबाट आफूले उम्मेदवारी दिएको बिजुला बर्मा राणाले जन न्युज नेपाल खबरलाई बताइन । सिन्धुली बाट निर्वाचित बागमती प्रदेश सभासद रूपमा सहभागी उनले १४औ महाधिवेशनका लागि जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले विजयी भएकी थिइन् ।
काँग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा उनी सम्भवत : राम्रो मत ल्याएर बिजय हुने उम्मेदवार हुन् । देशभरका महाधिवेशन प्रतिनिधिको भारी मतसहित केन्द्रिय सदस्यमा विजयी हुने विश्वास लिएकी बर्माले काँग्रेसमा युवाको हस्तक्षेपका लागि अभियान चलाउँदै आएकी छन् ।
विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बर्माले केन्द्रीय सदस्य बन्ने योजनासहित राजनीतिमा सक्रियता बढाएकी हुन् ।
यस पटक भने नेपाली नेपाली काँग्रेसका देशभरका प्रतिनिधिको साथ सहयोग र समर्थनमा केन्द्रीय सदस्यमा भारी मतले विजयी हुने उनको विश्वास छ ।
मेरो उम्मेद्बारी महिला खुल्ला तर्फ … मेरा आदरणीय अग्रज र प्रिय साथीहरु राजनीति यात्रा सुरु गरेदेखि आजसम्म मैले देखेका, जानेका र सुनेका मेरा अग्रज र साथीहरू म आज राजनैतिक जीवनमा जाहाँ छु तपाईंहरुको स्नेह, मार्गदर्शन एवं बलियो साथ पाएर मात्र सम्भव भएको हो ।
१४औं महाधिवेशन पार्टीलाई जीवन्त राख्नका लागि सही निर्णय लिने समय हो यो तपाईं हाम्रा लागि ठूलो अवसर र चुनौती पनि हो । हाम्रो निर्णयले पार्टीको भविष्यलाई सपार्न पनि सक्छ र विगार्न पनि सक्छ तपाईहरूको सही निर्णयको एउटा पात्र म पनि बन्न सक्छु भन्ने अपेक्षा राख्दै केन्द्रीय सदस्य (खुल्ला -महिला तर्फ) उम्मेदवारको रुपमा आफूलाई प्रस्तु गरेको छु । तपाईहरुले दिनु भएको स्थानमा नेपाली काँग्रेसको आदर्श भित्र रहेर निष्ठापूर्वक समर्पित हुनेछु ।
यहाँले गर्नु भएको विश्वास र भरोसालाई इमान्दारीपूर्वक निभाउने संकल्प गर्दछु । मेरो प्रतिबद्धता र संघर्श लोकतन्त्रमा मात्र देशको सर्वाङ्गीण विकास सम्भव छ भन्ने मूल मन्त्र मेरो मनमस्तिष्कमा जब आयो तबदेखि सारा महत्वपूर्ण समय संगठनलाई दिई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो संगठनको विस्तार सुदृढिकरण र विकासमा निरन्तरता दिँदै २०४६ सालको जन आन्दोलन र २०६२÷०६३ को तेस्रो जनआन्दोलजनमा जेल नेल सहित महत्वपूर्ण भूमिका निभाउँदै आजसम्म आइपूग्दा निम्न पदहरुमा रही काम गरेको छु ।
हामीले कल्पना गरेको कांग्रेस लोकतान्त्रिक पद्धति, विधि र विधानले चल्ने स्वार्थरहित, निष्ठावान् युवासहितको काँग्रेस असल आचरण कुशल नेतृत्व र भ्रष्टचाररहित काँग्रेस सत्य समानता र यथार्थमा आधारित अनि स्वतन्त्रता न्यायप्रति प्रतिवद्ध काँग्रेस समावेशी संस्कार, समुन्नत र यथार्थमा आधारित अनि स्वतन्त्रता न्यायप्रति प्रतिवद्ध काँग्रेस समावेशी संस्कार, समुन्नत नेपाल एवं समृद्ध नेपालीको स्वर्णीम भविष्य तर्फ अग्रसर काँग्रेस लोकतान्त्रिक संविधानको रक्षा र राजनैतिक स्थिरताको लागि लड्ने काँग्रेस ‘सत्तामा आसिन अधिकार सम्पन्न मानिस अहिले जे छ त्यसैलाई साश्वत ठान्दत, ठिकै छ प्राप्तिलाई साश्वत ठान्नु कुनै आपत्ति छैन । तर धेरै जसो प्राप्तीलाई जोगाउने खेलमा नराम्ररी भासिन्छन् । जसको ‘प्रतिफल सिंगो संस्था अथवा सम्पूर्ण देशले भोग्नुपर्ने हुन्छ ।
हामी संकल्प गरौं गलत प्रवृत्ति निस्तेज गर्दै नयाँ संस्कार र आवृत्तिको निर्माण गरौं । पार्टीलाई स्वार्थ सिद्धिका लागि भ¥याङ बन्नबाट रोकौं । गुट र उपगुटको खेल र कार्यकर्तालाई नेताको पेवा बन्नबाट रोकौं । संस्थागत निर्णयको परिपाटी बसाल्दै भावी पिँढीको लागि मार्ग प्रशस्त गरौं । नेपाली काँग्रेस र राजनीति प्रति आस्था र विश्वनस जगाउँ । सुन्दर नेपाल र समृद्ध नेपालीको तयारी हाम्रै हातबाट गरौं । यो शुभ कार्यको शुभारम्भ यही पुस्ताबाट जति सक्दो चाँडो हुनु पर्दछ ।
सांगठनिक यात्रा र संघर्ष २०४७ – कोषाध्यक्ष, ने.वि.संघ सिन्धुली क्याम्पस ईकाइ २०४७–२०५१ – सदस्य, ने.वि.संघ सिन्धुली जिल्ला कर्यासमिति २०४८–२०५१ – सदस्य, नेपाल महिला संघ जिल्ला कार्य समिति २०४८ – सदस्य, नेपाली काँग्रेस सिन्धुली जिल्ला क्षेत्रीय समिित क्षेत्र नं. २ २०४९–२०५१ – सदस्य, नेपाली काँग्रेस सिन्धुली जिल्ला कार्यसमिति २०५१ – सह–सचिव, ने.वि.संघ जनकपुर काठमाडौं सम्पर्क समिति २०५३ – सह–सचिव, ने.वि.संघ स्ववियु पद्मकन्या कलेज २०५५ – उप–सभापति, नेवि.संघ स्ववियु पद्मकन्या कलेज २०५६–२०५९ – सदस्य, ने.वि.संघ केन्द्रीय कार्यसमिति (निर्वाचित) २०५८ – छात्रा विभाग प्रमुख, ने.वि.संघ केन्द्रीय कार्य समिति २०५९–२०६१ – सदस्य, ने.वि.संघ केन्द्रीय कर्यसमिति (निर्वाचित) २०६१–०६२ – उपाध्यक्ष, ने.वि.संघ केन्द्रीय कार्य समिति २०४८ – सालदेखि हालसम्म क्रियाशील सदस्य, नेपाली काँग्रेस २०७० – समानुपातिक उम्मेदवार संविधानसभा निर्वाचन २०४९ – कोषाध्यक्ष प्रजातन्त्र सेनानी संघ २०६९ – केन्द्रीय सदस्य नेपाल महिला संघ महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २ प्रदेश सान्सद- (बागमती प्रदेश) मेरो अपिल र विश्वास “आफ्नो विचार समय अनुकुल राख्ने र संकटका बेला निकासको विकल्प दिन सक्ने राजनीतिज्ञ मात्र समाजमा टिक्न सक्नछन्” यस्तै सन्तुलित र प्रभावशाली नेतृत्व अनि कर्मशील सिंगो कार्यसमिति आजको समVय र पुस्ताको माग हो । हाम्रो १४ औं महाधिवेशनले पार्टी भित्र भएका मूल्यावान् शक्तिहरुको अपार भावनालाई एकीकृत गर्दै नैतिकवान् समूहको विवेकपूर्ण ढङ्गले चयन गरौं ।