प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।
सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसङ्ग छलफल भइरहेको बताए ।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहिबेर आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । आज उम्मेदवारको मनोनयम दर्ता हुँदैछ ।
