Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभापतिको उम्मेदवार छान्न पौडेलसहितका नेताहरु छलफलमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 8.1K
    SHARES

पौडेल समूहबाट सभापति पदका आकांक्षी नेताहरु बाँयाबाट क्रमश: रामचन्द्र पौडेल, शशांङ्क कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला ।

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु सभापति चयन गर्न छलफलमा जुटेका छन् । महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै पौडेल समूहका नेताहरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् ।

बैठकमा नेता पौडेलसहित सभापतिका आकांक्षी र केन्द्रीय सदस्यहरु सहभागी छन् । महाधिवेशनको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयनको समय तोकिएको छ तर पौडेल समूहबाट सभापतिको उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

सहमतिका लागि नेताहरु निरन्तर छलफलमा रहेपनि सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति जुट्न सकेको छैन ।

दुई नेताले सभापतिका लागि तयारी अगाडि बढाएपछि पौडेल समूहमा सबैलाई समेट्ने गरी पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्ने दबाव बढ्दै गएको छ । तर पूर्वमहामन्त्री सिंह भने आफूबाहेक अरुलाई सभापतिमा स्वीकार नगर्ने अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४