Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउँछु : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्‍यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने बताए ।

उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘मानव अधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौँ । पछाडि परेका, महिला, दलित, जनजाती सबैलाई हामीले आरक्षण दिएका छौँ, अधिकार दिएका छौँ । मानव अधिकारसम्बन्धी धेरै कुराहरु नेपालमा भएको छ । जुन द्वन्द्व पीडितहरु, द्वन्द्वबाट जो मानिस दुःखी छन्, अहिलेसम्म पनि टीआरसी, सत्यनिरुपण लगायतका कुराहरुमा पनि हामीले अवश्य नै न्याय गर्नेछौँ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए ।

उनले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको बताउँदै व्यवसाय र मानव अधिकार, जलवायु परिवर्तन र मानव अधिकार, भ्रष्टाचार र मानव अधिकार, दिगो विकास लक्ष्य र मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्ष मगरले नेपालमा ३० प्रतिशत नागरिकमा मात्रै खोपको पहुँच पुगेको भन्दै सरकारले खोपको मात्रमा वृद्धि गर्दै सबै नागरिकको पहुँचमा पुर्‍याउनु पर्ने बताए। उनले भूकम्प तथा बाढी पीडितको पुनस्र्थापना र राहत कार्यक्रहरु वृद्धि गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने भन्दै भूकम्पले भत्काएको आयोगको भवन नबन्दा काम प्रभावित हुने गरेको गुनासो समेत गरे ।

अध्यक्ष मगरले भने, ‘कोरोना महामारीको कारण विश्व नै ग्रसित भएको अवस्थामा यसबाट बच्न विश्वको नै प्रयास जारी छ ।कोरोना बिरुद्धको खोप पनि आइसकेको छ । तर अझै पनि ७० प्रतिशत नेपाली नागरिकहरु खोपबाट वञ्चित भएका छन् । सबै नागरिकको लागि खोप पहुँच वृद्धि गर्नेतर्फ, भूकम्प तथा बाढी पीडितको पुनस्र्थापना र राहत कार्यक्रहरु वृद्धि गर्नेतर्फ नेपाल सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु । भूकम्पबाट भत्किएको आयोगको भवन निर्माण ढिलाइ हुँदा काम प्रभावित भएका छन् । आयोगको लागि दिगो भवनको व्यवस्थाको माग गर्दछु ।’

अध्यक्ष मगरले दिगो विकासका १७ वटा लक्ष्यहरु मानव अधिकारसँग सम्बन्धित भएकोले यसलाई जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न पनि आग्रह गरे । उनले मौलिक हकको कार्यान्वयन तथा मानव अधिकारसँग सम्बन्धित नीतिहरुको कार्यान्वयन अवस्थाको पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष मगरले विदेशी कामदारको रुपमा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले यातनालगायत मानव अधिकारको उल्लंघनका घटनाबाट पीडित हुनुपरेको कुरा सार्वजनिक भइरहेको भन्दै विदेशस्थित कूटनीतिक नियोगहरुले यी कुराहरुमा चासो राख्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४