Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओमिक्रोनको भेरियन्ट : डराउनुनपर्ने विज्ञको भनाइ, स्वास्थ्य मापदण्ड पालना आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । विश्वलाई खतराको घण्टी बनेको ओमिक्रोन भेरियन्ट नेपालसहित ५७ देशमा पुष्टि भइसकेको छ । उच्च सतर्कताबीच एक नेपाली र एक विदेशीमा ओमिक्रोन देखिएको हो ।

एकबाट अर्को व्यक्तिमा निकै छिटो फैलने गरेको यस भेरियन्टले पुन संक्रमण गर्ने क्षमता राख्छ । यसअघि देखिएको डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, संक्रमितको स्वास्थ्य अवस्थाबारे भने उसले प्रष्ट पारेको छैन ।

ओमिक्रोनको असरबारे अनुसन्धान रिपोर्ट आउने क्रममा छ । तर, पूर्ण खोप लगाएका र एक पटक संक्रमण भइसकेका व्यक्तिमा संक्रमण देखिएका कारण समस्या बढ्न सक्ने डब्लुएचओको तर्क छ । भाइरसको स्पाइक प्रोटिनमा अत्यधिक म्युटेसनका कारण नै छिटो फैलन सक्ने क्षमता राखेको संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

दक्षिण अफ्रिकाबाट दुई साताअघि देखापरेको ओमिक्रोन भेरियन्टको क्षति न्यून देखिएको छ । टाउको दुख्ने, थकाइ लाग्ने, शरीरको जोर्नी दुख्ने जस्ता डेल्टा भेरियन्टमा भन्दा हल्का किसिमको लक्षण देखिएको डब्लुएचओ बताउँछ । तर, खोप लगाएका र नलगाएका व्यक्तिहरूमा लक्षण समेत फरक–फरक देखापर्छ ।

ओमिक्रोनको सर्वाधिक संक्रमण रहेको दक्षिण अफ्रिकामा स्थिति सामान्य रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ओमिक्रोनका कारण मानवीय क्षति भएको छैन । म्युटेसन सधै खराब नै हुन्छ भन्ने छैन । तर, कडा म्युटेसन भएर हामीले लगाइरहेको खोपले काम गर्दैन कि भनेर पूर्वतयारीमा भने बस्नुपर्ने हुन्छ ।

ओमिक्रोनले डेल्टा भेरियन्टमा जस्तो अक्सिजनको लेभल घटाउने समस्या नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको डा. पुन बताउनुहुन्छ । भाइरसको स्पाइक प्रोटिनमा धेरै म्युटेसनका भएका कारण हाल लगाइरहेको खोपले काम गर्न नसक्ने अवस्था आउनसक्ने जनाइएको छ ।

म्युटेसन भएर फैलन थालेको नयाँ भेरियन्ट प्रति सजग भई त्यसको फैलावट कम गराउन सबै तहमा सचेतता जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४