Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गंगालक्ष्मी अवालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 2.6K
    SHARES

ठमाडौं । नेपाली कांग्रेस भक्तपुरकी नेतृ गंगालक्ष्मी अवालले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

मंगलादेवी स्मृति प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहनु भएकी अवालले आदिबासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले देशलाई बलियो बनाउन पार्टी बलियो हुनुपर्छ, पार्टी बलियो बनाउन सक्षम नेतृत्व आवश्यक छ भन्ने ठानेर नै पार्टीलाई बलियो बनाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

उहाँ भन्नुहुन्छ, ‘हामीले सबै नेपालीलाई कांग्रेस होइन वास्तवमा कांग्रेसलाई चाहि सबै नेपालीको बनाउनु हाम्रो दायित्व हो र धर्म पनि हो। हामीलाई अतितका पुराना पीडा सम्झेर वर्तमान बिगार्ने छुट र अधिकार दुवै छैन । तर वर्तमान र भविष्य सुधार्न निकट अतितका गल्ती र कमजोरीलाई सच्याउनै पर्छ । हामी समयमै गम्भीर बनौं । हतारमा गलत नेतृत्व रोजेर फुर्सदमा पछुताउने काम नगरौं ।’

यसैगरी भक्तपुरबाटै मदनकृष्ण श्रेष्ठ र गणेशमान चक्रधरले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४