Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको विभागमा पूर्वन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्तदेखि नेपाल बार अध्यक्षसम्म


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ३३ विभागहरू गठन गरेको छ । यी विभागहरुमा पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वन्यायाधीशदेखि नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्षसम्म छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादवलाई माओवादी केन्द्रले आफ्नो निर्वाचन विभागको सदस्य बनाएको छ । डा. यादव दुई कार्यकाल निर्वाचन आयोगको आयुक्त र प्रमुख आयुक्त भएका थिए ।

माओवादी केन्द्रले हालै जारी गरेको आन्तरिक सर्कुलरको बुँदा ८ मा निर्वाचन विभाग गठन गरिएको उल्लेख छ । उक्त विभागको अध्यक्ष खिमलाल देवकोटा छन् भने उपप्रमुख पद रिक्त छ । निर्वाचन विभागको ९ औं सदस्यमा डा. यादवको नाम उल्लेख छ । उनको नामसँगै कैफियतमा ‘पूर्व प्रमुख निर्वाचन आयुक्त’ भनी लेखिएको छ । पूर्व आयुक्त सुधीर शाहलाई पनि माओवादीले निर्वाचन विभागको सदस्य बनाएको छ ।

नेपालको संविधानको धाग २४ मा निर्वाचन आयोगसम्बन्धी व्यवस्था छ । उच्च नैतिक चरित्रको व्यक्ति हुनुपर्ने भनी निर्वाचन आयुक्त र प्रमुखको योग्यता किटान गरिएको छ । अनि नियुक्तिको बेलामा कुनै दलको सदस्य हुन नहुने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरु एकपटक पदमा पुगेपछि दोहोर्‍याएर त्यही पदमा नियुक्त हुन र अन्यत्र सरकारी पदमा समेत नियुक्ति नपाउने संवैधानिक व्यवस्था छ । तर संविधानले अवकाशपछि राजनीतिमा सक्रिय हुन बन्देज भने लगाएको छैन ।

संविधानमा नै निर्वाचन आयोगका पदाधिकारीहरु कुनै राजनीतिक पदमा रहन बाधा हुनेछैन भन्ने व्यवस्था छ । तर निर्वाचन आयोगको नेतृत्वमा बसेको र राजनीतिक रुपमा तटस्थ हुनुपर्ने संवैधानिक निकायका पूर्वपदाधिकारीलाई माओवादी केन्द्रले आफ्नो विभागको सदस्यमा नियुक्त गरेकेा हो ।

पूर्वन्यायाधीश र नेपाल बार अध्यक्षसमेत कानून, न्याय तथा मानव अधिकार विभागको सदस्यमा पूर्वन्यायाधीश भी.चौलागाई समेत छन् । उनी उच्च अदालत पाटनका पूर्वन्यायाधीश हुन् ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ पनि माओवादी केन्द्रले गठन गरेको कानून विभागमा समेटिएका छन् ।

कानून, न्याय तथा मानव अधिकार विभागको प्रमुखमा मुक्तिनारायण प्रधान छन् । प्रधान पूर्वमहान्यायाधीवक्ता हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४