Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५७ मुलुकमा फैलियो ओमिक्रोन, अस्पताल भर्ना हुनेको संख्या बढ्न सक्छ : डब्ल्यूएचओ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ ।

बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो । ओमिक्रोन फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओको भनाइ छ ।

‘डेल्टा जत्तिकै वा सोभन्दा कम गम्भीर हुने देखिए पनि थप मानिस संक्रमण भएको अवस्थामा अस्पताल भर्ना हुनेको संख्या बढ्ने अपेक्षा गरिएको छ’, डब्ल्यूएचओले भनेको छ । उक्त रिपोर्टमा ओमिक्रोनबाट गम्भीर बिरामी हुने वा नहुने भनेर मूल्याङ्कन गर्न थप तथ्याङ्क चाहिने पनि उल्लेख छ ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएको छ भनेर भारतमा यसबाट संक्रमितको संख्या २१ पुगेको छ ।

त्यस्तै, कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाई गर्न थालेका छन् । इजरायल र जापानले विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपालले समेत हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

तर ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य आइसकेको छैन । एजेन्सीहरुको सहयोगमा 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४