Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यू-१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा बसन्त शाही नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 4.3K
    SHARES

काठमाडौं। बसन्त शाही ठकुरी नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले बसन्तलाई एसीसी यू१९ एसिया कपको लागि नियुक्त गरेको क्‍यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।

उनले भने, ‘बसन्त शाहीलाई यू१९ टिमको प्रशिक्षक नियुक्त गरिएको छ। यस्तै सहायक प्रशिक्षक, फिजियो, म्यानेजर पनि चाँडै घोषणा हुनेछ।’ यू१९ एसिया कपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदैछ।  ठकुरीकै प्रशिक्षणमा लुम्बिनीले आईबार सम्पन्न वाइवाइ यू१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।

त्यही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट समितीले २० सदस्यीय प्रारम्भिक टोली छनोट गरेको छ। अब यू१९ एसिय कपका लागि केही दिन भित्रै अन्तिम टोली छनोट गरिने कार्यवाहक सचिव मल्लले जानकारी गराए ।

प्रशिक्षक ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणत्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४