Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् ।

उनले रामचन्द्र पौडेलको नाममा सहमति जुटेमा आफू दावी छाड्न तयार रहेको बताएका हुन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षबाट सभापतिमा साझा उम्मेदवार छनोट गर्न नेताहरुबीच छलफल भएको थियो । त्यस क्रममा वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षी नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए ।

उनले महामन्त्री कोइरालालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै अरु नेताहरुलाई आफूले मिलाउने बताएका थिए । जवाफमा कोइरालाले ‘तपाईका लागि छाड्छु, अरुलाई मिलाउनुस्’ भनेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

१४ औं महाधिवेशनका लागि पौडेल पक्षबाट पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिको आकांक्षी छन् ।

सभापतिको साझा उम्मेदवार टुंगो लगाउन प्रकाशमान सिंह निवासमा बसेको बैठक विना निश्कर्ष सकिएको छ । नेताहरुका अनुसार बुधबार पुन छलफल हुनेछ । बुधबारको छलफलमा पौडेल पक्षका जिल्ला सभापति, पूर्वसभापतिहरु, प्रदेश समितिका सभापति तथा प्रदेश अधिवेशनमा पराजित पौडेल पक्षका उम्मेदवारहरु सहभगी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४