Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म प्रधानमन्त्री हुँदा अदालतको लिखित जवाफमा मात्र ५६ हजारपटक हस्ताक्षर गरें : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा लिखित जवाफ दिँदा ५६ हजार पटक हस्ताक्षर गरेको बताउनुभएको छ ।

नेपाल बार एशोशिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश गर्न सहयोगको याचना गर्न आएकालाई अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा ५६ हजार पटक हस्ताक्षर गरेको स्मरण गर्नुभयो ।

‘म प्रधानमन्त्री हुँदा मुद्दाको लिखित जवाफ दिँदा ५६ हजार हस्ताक्षर गरेँ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजस्तो मान्छे अदालतको लिखित जवाफमा ५६ हजारपटक हस्ताक्षर गरेर बस्नुपरेको छ, समय कहाँ खर्च भइरहेको छ तपाईंहरु नै हेर्नुस् ।’

सामान्य कर्मचारीको गल्ती गर्दा पनि प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा पेश गर्दा प्रधानमन्त्रीको कार्यक्षमतामा ह्रास आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सुर्खेतमा खरदारले बदमासी गर्दा पनि नेपाल सरकार र प्रधानमन्त्री जिम्मेवार हुन्छ भनेर प्रधानमन्त्रीलाई विपक्षी बनाउँदै मुद्दा हाल्छ ।’

अध्यक्ष ओलीले प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको सुरुवात नभएर अन्त्य भएको बताउनुभयो । उहाँले आफू कसैको पनि पक्ष वा विपक्षामा नलाग्ने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४