Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणमा आज अन्तिम आठ खेल हुँदैछ । लिगमा आज समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ का समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ का खेल नेपाली समय अनुसार राति साँढे ११ बजे तथा अन्य तीन समूहका खेल राति पौने १ बजेबाट सुरु हुनेछन् ।

समूह ‘ए’ मा पिएसजी र क्लब ब्रुग्सबीच प्रतिस्पर्धा हुँदैछ भने म्यानचेस्टर सिटीले आरबी लाइप्जिगसँग खेल्दैछ । यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । दुवै टोली समूह चरणमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् भने क्लब ब्रुग्स र लेइप्जिग पनि जितसहित लिग चरण अन्त्य गर्ने लक्ष्यमा हुनेछन् ।

त्यसैगरी समुह ‘बी’ अन्तर्गत एफसी पोर्टाे र एट्लेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । यो समूहबाट लिभरपुल शतप्रतिशत जितसहित १५ अंक जोडेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । पोर्टाे, मिलान र एट्लेटिको म्याड्रिडको नकआउट चरण पुग्ने सम्भावना रहेको छ ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सिपीसँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ । आयाक्स र स्पोर्टिङ सिपीले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ भने डर्टमुन्ड र बेसिक्टास बाहिरिसकेको छ । बेसिक्टासले अंकको खाता खोल्न सकेको छैन ।

समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ । रियल र इन्टरले नकआउट चरणमा पक्का गरिसकेको छ भने सेरिफ र साख्तर बाहिरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४