Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइएमई जनरल इनस्योरेन्स र पर्यटन बोर्डबीच बीमा गराउने संझौता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २० २०७८
  • 1.7K
    SHARES

काठमाडौ । आइएमई जनरल इनस्योरेन्स लिमिटेड र नेपाल पर्यटनबोर्डबीच बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।

संझौता अनुसार पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा लगायत सम्पत्ति र सवारी साधनहरु सहित आवश्यक सबै नीर्जिवन बीमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ ।

संझौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र पर्यटनबोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा बोर्डका प्रमुख कर्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बीमा कम्पनीसँग आफ्नो कार्यालय सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

त्यसैगरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सातवटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकलाई बीमा सेवा प्रदान गरिरहेको समेत उल्लेख गर्नुभयो । कम्पनीले नयाँ–नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा बिशेष ध्यान दिएको पनि उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४