Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस लुम्बिनी : एक उपसभापति बाहेक सस्थापन ईतरका पुन प्यानल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २० २०७८
  • 3.7K
    SHARES

भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समूहका अमरसिंह पुनको प्यानल विजयी भएको छ । मतपरिणामअनुसार पुनले ८५२ मत प्राप्त गरेर सभापतिमा विजयी हुनु भएकाे हाे ।

पुन प्प्यानलका उपसभापति उम्मेदवार अष्टभुजा पाठक झिनो मतले पराजित हुनु भएको छ । पदाधिकारिमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल विजयी भएको हाे ।

त्यस्तै, उहाँका प्रतिद्वन्दी भरतकुमार शाहले ७६७ मत प्राप्त गर्नु भएको छ । पुनले ८५ मतले शाहलाई पराजित गर्न सफल हुनु भएकाे हाे । शाह संघिय संसदको सार्वजनिक लेखा समिति सभापति हनुहुन्छ। उहाँलाई गृहमन्त्री बालकृष्ण खाँण, पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कणेलले सर्मथन गर्नु भएको थियो।

पुनलाई केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगाएतको समर्थन थियो । उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल विजयी हुनु भएको छ । श्रेष्ठले ८४७ मत प्राप्त गर्नु भएको छ भने खनालले ७९२ मत प्राप्त गर्नु भएको छ । पाठकले ७७२ मत पाउनु भएको छ। उहाँले २० मतले पराजित हुनु भएको हो ।

महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित हुनु भएको छ । खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी हुनु भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिनुभयो ।

त्यसैगरी सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी हुनु भएको छ । खनालले सर्वाधिक ८६९ मत प्राप्त गर्नु भएको छ भने पाण्डेयले ७७६ मत प्राप्त गर्नु भएको छ। महिला सहमहामन्त्रीमा निमा गिरी विजयी हुनु भएको छ । उहाँले ८३० मत प्राप्त गर्नुभयो । १४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल एक हजार ६३१ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४