Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 1.8K
    SHARES

सोलुखुम्बु,। सोलुखुम्बुको सल्लेरीबाट पत्ताले जार्दै गेको बोलेरो जीप सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ स्थित साल्मे सिस्नेरी भीरबाट खस्दा चालक गम्भिर घाइते हुनुभएको छ ।

प्रदेश १, ०७–१००१ च ००१७ नं. को बोलेरो जीप शनिबार साँझ सडकबाट करिब सात सय मिटर तल खस्दा सोलुदूधकुण्ड नगरपालिका–८ का ३७ वर्षिय चालक टिङकु मगरको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

चालकको रातीनै उद्दार गरी जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आइतबार विहान थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ ।

गाडीमा अन्य यात्रु नभएको प्रहरीले पुष्टि गरेको छ । बोलेरो अनियन्त्रित भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ भने चालकको बोली नआएकाले थप कारण खुल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४