Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कमल थापाको हातबाट फुत्कियो राप्रपाको नेतृत्व


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 1.9K
    SHARES

काठमाडौ ।पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व कमल थापाको हातबाट फुत्किएको छ ।

राप्रपाको एकता महाधिवेशनले राजेन्द्र लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्ष पदमा थापा र लिङदेनको मात्रै उम्मेदवारी परेको थियो । बिगत १९ वर्षदेखि थापाले राप्रपाको नेतृत्व गर्दै आउनु भएको थियो । राजनीतिक दलहरुमा पुस्तान्तरणको विषय उठिरहँदा त्यसको शुरुवात राप्रपाबाट भएको छ । सधैभरी पार्टी ओगटेर बस्ने पाका नेताहरुलाई राप्रपाका नेता कार्यकर्ताले यसपटक नेतृत्वमा पत्याएनन् ।

यद्यपि अध्यक्षमा लिङलेनले जितेपनि पदाधिकारीका अरु पदहरुमा थापा पक्षको वर्चश्व रहेको छ । महामन्त्रीमा लिङदेन पक्षकै धवल शमसेर राणा निर्वाचित हुनु भएको छ । नेतृत्व परिवर्तनको आकांक्षा राख्ने अरु पार्टीका युवा नेता कार्यकर्तालाई पनि लिङदेन र राणाको जिययले उत्साहित बनाएको छ ।

थापाले अध्यक्षमा उम्मेदवारी दिने क्रममा आफूलाई अझै चार वर्ष पार्टीमा काम गर्न दिन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । तर राप्रपाका नेता कार्यकर्ताले थापालाई पत्याएनन् । पार्टीको नेतृत्व लिङदेनलाई सुम्पिदिएका छन् । लिङदेनलाई पनि आगामी दिनमा सबैलाई मिलाएर लैजाने चुनौती भने छ ।
अब के गर्लान थापाले ?
२०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा तथा डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण हुँदा गीताको पुस्तक साक्षी राखेर पार्टी विभाजन नगर्ने प्रतिवद्धता तीनै जनाले जनाएका थिए । राणा र लोहनी भने यसपटक अध्यक्षको दौडमा थिएनन् । अब थापाले लिङदेनलाई कसरी साथ देलान भन्नेमा राप्रपाको भविष्य निर्भर रहन्छ ।

अध्यक्षमा थापा हारे पनि अरु पदाधिकारी पदमा थापा पक्षको बाहुल्यता छ । उपाध्यक्षमा विजयी ध्रुव बहादुर प्रधान,बुद्धिमान तामाङ, रोशन कार्की थापा पक्षका हुन् उपाध्यक्षमा विजयी अर्का नेता विक्रम पाण्डे भने स्पस्ट खुल्नु भएको छैन् ।यद्यपि उहाँ लिङदेनकै प्यानलमा हुनुहुन्थ्यो । यस्तै महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुनुहुन्छ ।

त्यसैगरी केन्द्रीय सदस्यमा विजयी धेरै जसो थापा पक्षकै छन् । यो अवस्थामा थापाले आफ्ना समर्थकलाई लिङदेनलाई सफल बनाउन भूमिका खेल्न भन्नुहुने होकि या लिङदेनको विपक्षमा लाग्न भूमिका निर्वाह गर्नुहुने हो त्यो भने भविष्यमा देखिने नै छ ।
राप्रपाका नेता तारानाथ लुइँटेलले राप्रपालाई सफल या असफल बनाउने भन्ने हात थापामा पनि निहित रहेको इमेजखबरसँग बताउनु भयो । थापा राजनीतिक खेलाडीका रुपमा चिनिुनुहुन्छ ।

हुनत थापाले आफू पराजित भएकोमा निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह) को हात रहेको आरोप लगाउनु भएको छ । यसले पनि भविष्यमा थापाले लिङदेनलाई सहज रुपमा काम गर्न दिनुहुनेछ भन्नेमा शंका उब्जाएको छ । थापाले आफ्नो हारलाई भने सहस्र स्वीकार गरेर लिङदेनलाई बधाइ दिनु भएको छ ।
किन हारे थापाले ?
थापाले पछिल्लो समय पार्टीको एजेण्डालाई राम्रोसँग स्थापित गर्न नसकेको आरोप छ । राप्रपाले आफ्नो वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई लिएको छ  । राप्रपाको एजेण्डा हिन्दु धर्म र संवैधानिक राजसंस्था छ । तर थापाले पटक –पटक मौका पाउँदा पनि त्यसलाई स्थापित गर्न नसकेको र विगतमा राप्रपा सरकार बनाउने र ढाल्ने निर्णायक हैसियतमा हुँदा समेत त्यसको सदुपयोग उहाँले नगरेको पार्टीका नेताहरुको आरोप छ ।

हुन पनि थापा विगतमा पटक –पटक कांग्रेस र कम्यूनिष्टको नेतृत्वका बनेका सरकारमा सहभागी भएपनि सत्ता स्वार्थमा लागेर पार्टीका मुद्धा दह्रोसँग उठाउन सक्नु भएन ।नेता लुइँटेलले भन्नुभयो“ कमल थापाबाट अब पार्टी चल्न नसक्ने भएकै कारणले नेता कार्यकर्ताले लिङदेनलाई जिताएर नेतृत्व परिवर्तन गरेका हुन् उहाँले हारेपछि निर्मल निवासलाई दोष लगाउनु मिथ्या हो ।”

२०७४ को निर्वाचन अघिसम्म राप्रपा संसदमा सरकार बनाउन र गिराउन सक्ने अवस्थामा थियो । तर २०७४ मा भएको संसदीय निर्वाचनमा राप्रपाका तर्फबाट लिङदेनले मात्रै झापाबाट चुनाव जितेर संसदमा राप्रपाको बीउ जोगाउने काम भयो भने स्थानीय तहको निर्वाचनमा धवलले नेपालगञ्ज उपमहानगरमा मेयरमा जित्नुभयो ।

यस अघि थापाका विश्वासपात्र मानिएका लिङदेन र धवललाई पछिल्लो समय राम्रोसँग पार्टीमा व्यवस्थापन गर्न नसक्दा पनि थापालाई घाटा लागेको थापा पक्षकै एक नेताले ईमेजखबरलाई बताए । लिङदेन र धवललाई अब राप्रपालाई अघि बढाउने जिम्मा आइलागेको छ । तर कमल थापाको हातबाट अहिलेलाई राप्रपाको नेतृत्व भने फुत्किएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४