Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको थापाथलीमा बिहानै मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । काठमाडौंको थापाथलीमा आज बिहानै मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

थापाथलीबाट त्रिपुरेश्वतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई आज बिहान पौने ६ बजे ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो । थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको हो ।

घाइते भएका स्कुटरमा पछाडी सवार सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ ।

टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४